‘पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”’ —प्रेरित १३:२

विश्वासीहरूको समूह एकसाथ भेला भयो अनि प्रार्थना, उपवास र आराधनाको लागि लामो समयसम्म आफैलाई समर्पित गर्यो। फलस्वरूप, ’पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”’ पवित्र आत्माले उनीहरूलाई त्यसो भन्नुभएको भनी उनीहरूले कसरी थाहा पाए ? यो खण्डले त्यसबारे केही पनि बताएको छैन । यो एक नाटकीय क्षण रहेको हुन सक्छ । वा हुन सक्छ कि पछिबाट, फर्केर हेर्दा उनीहरूले बुझे कि पवित्र आत्माले उनीहरूलाई अगुवाइ गर्नुभएको थियो । तर के निश्चित छ भने उनीहरूले परमेश्वरबाट सँगसँगै निर्देशन पाए । मार्गदर्शको सन्दर्भमा, हामीले गर्ने गल्तीहरूमध्ये एउटा चाहिँ ‘साँघुरो दायराबाट हेर्ने’ काम हो, अर्थात् हामी समग्र, व्यापक दृश्यको सट्टा हाम्रो सामुका कुरामा मात्रै केन्द्रित हुन्छौं । हामी हाम्रो सीमित सोचका कारण परमेश्वरले हाम्रा सामु राखिदिनुभएका विकल्पहरूको पूर्ण दायरालाई गुमाउँछौं । एक जना ख्रीष्टियन लेखक यसो भन्छन्ः ‘हामी “यो सम्बन्ध तोड्नु कि नतोड्नु” जस्ता कुराहरू सोध्छौं ? यसको सट्टा, “म यो सम्बन्धलाई कसरी राम्रो बनाउन सक्छु ?” वा “मैले त्यो किन्नुपर्छ कि पर्दैन ?” बरु, “मैले यो पैसा प्रयोग गर्न सक्ने उत्तम तरिका के हो ?”…हामीलाई एकलै छोडिदिने हो भने, हामी पुष्टीकरण पूर्वाग्रहबाट पीडित हुन्छौं । अर्थात् हामी त्यस्तो जानकारी खोज्छौं जसले तोडमोड नगरिएको सत्यता खोज्नुको सट्टा हामीले पहिले नै चाहेका कुरालाई पुष्टि गर्छ । मानिसहरूले त्यस्ता केबल टिभी च्यानलहरू हेर्छन् जसले उनीहरूको राजनीतिक पूर्वाग्रहलाई समर्थन गर्छन् । हामी सत्यता चाहन्छौं भन्ने बहाना गर्छौं…तर वास्तवमा हामी आपूmले पहिल्यै बनाएका धारणाहरूको पुष्टि मात्रै चाहन्छौ ।’ यशैयाले मानिसहरूका बारेमा यसो भनेका थिए ‘दर्शन देख्नेहरूलाई तिनीहरू भन्दछन्, “अब उसो दर्शन नदेख् ” तिनीहरू अगमवक्ताहरूलाई भन्दछन्, “हामीलाई ठिक कुराहरूको दर्शन नदेओ हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्मक अगमवाणी कह”’ (यशैया ३०:१०) । यसर्थ मार्गदर्शन खोज्दा, जे छ त्यस्तै, ग्रहणशील र प्राप्त निर्देशन पालन गर्ने सोच राख्नुहोस् । अर्थात् इमानदार, खुल्ला र तत्पर हुनुहोस् ।

आत्मिक भोजनः अ्ययूब ३९–४२ लूका २:५१–५२ भजन १३९:१३–२४ उपदेशक ११:७–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024