अगि बढिरहनुभयो भने तपाईं सफल बन्नुहुनेछ

Oct 23, 2024

‘भलाइ गर्ने काममा हामी नथाकौं ।’ —गलाती ६:९

जीवनमा तपाईंले हरप्रकारका समस्याहरू सामना गर्नुपर्नेछ । त्यसोभए, तपाईंले के गर्नुपर्छ ? लागिपर्नुहोस् ¤ तपाईंको जीवनमा जेसुकै भइरहेको भए तापनि, हार मानेर छोड्न इन्कार गर्नु नै जीत हो । याद राख्नुहोस् कि तपाईंको संघर्षको ताममा, पवित्र आत्माले तपाईंभित्र अक्सर उहाँको सबैभन्दा ठूलो काम गरिरहनुभएको हुन्छ । पावलले लेखेका छन्, ‘यति मात्र होइन, तर हामी आफ्नो संकष्टमा रमाउँछौं, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र उत्पन्न गराउँछ’ (रोमी ५:३–४) । परमेश्वर परिस्थितिअनुसार चल्नुहुन्न, र तपाईं पनि चल्नुहुँदैन । यदि तपाईं दृढ रहेर उहाँलाई पछ्याउनुहुन्छ भने उहाँले तपाईंलाई कुनै पनि परिस्थिति पार गराएर ल्याउनुहुनेछ । यसको अर्थ प्रार्थनामा लगनशील, आफ्नो संकल्पमा अथक, विश्वासमा अटल, र परमेश्वरको वचन र तपाईंलाई उहाँका प्रतिज्ञाहरूमा दृढतासाथ खडा हुन प्रतिबद्ध हुनु हो । यो समयमा धेरै बिस्तारै काम अगाडि बढेको देखेर विचलित नबन्नुहोस् । जब तपाईं अहिले धरै कुरा भइरहेको जस्तो देखिँदैन भन्ने चरणमा हुनुहुन्छ, तब प्रायः परमेश्वरले तपाईंमा र तपाईंमार्फत महत्त्वपूर्ण कुरा निर्माण गर्न बलियो जग बसाल्दै हुनुहुन्छ । तपाईंमा प्रभुको काम भनेको उहाँले तपाईंमार्फत गर्न चाहनुभएको कामको लागि तयारी हो । जब जीवन कठिन र प्रगति धेरै ढिलो देखिन्छ, तपाईंलाई स्थिर रहन सहायता गर्नुहुन परमेश्वरसँग बिन्ती गर्नुहोस् । उहाँले त्यसो गर्नुहुनेछ । यहाँ धर्मशास्त्रका दुई वटा खण्ड छन् जसमा आज तपाईं खडा हुन सक्नुहुन्छः ‘भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठिक समयमा हामी कटनी गर्नेछौं’ (गलाती ६:९) । ‘यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो । प्रभुको काममा सधैं बढ्दैजाओ । किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन’ (१ कोरिन्थी १५:५८) ।यसकारण हामी असल काम गर्न नथाकौं, किनकि उचित समयमा अवश्य इनाम मिल्नेछ ।

आत्मिक भोजनः यशैया १–३ यूहन्ना ५:१६–३० भजन १५ हितोपदेश २७:१०–१२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...