अगि बढ्ने कि पछाडि फर्कने

May 1, 2024

‘तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु ।’ —रूथ १:१६

रूथको पुस्तकले विश्वासमा कदम चाल्ने र जोखिम लिनेहरू अनि डराउने, सुरक्षित रहन चाहने र आप्mना लागि परमेश्वरका उत्तम कुराहरू गुमाउनेहरू बिचको भिन्नतालाई चित्रण गर्छ । यो पुस्तक यी शब्दहरूसाथ सुरु हुन्छः ‘उहिले नै न्यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल प¥यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्नी पत्नी (नाओमी) र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्नलाई गए’ (पद १) । केही समयसम्म त सबै थोक राम्रै थियो, त्यसपछि दुःखद अवस्था सृजना भयो । पहिले नाओमीका पति एलिमेलेकको मृत्यु भयो, र तिनी आफ्ना दुई छोराहरूसाथ छोडिइन् । तिनीहरूले ओर्पा र रूथ नामक स्थानीय केटीहरूलाई विवाह गरे र त्यसपछि छोराहरू पनि गुमेपछि शोकले भावव्हिल भएकी नाओमीले बेथलेहेममा घर फर्कने निर्णय गर्छिन् र आफ्ना दुई बुहारीलाई मोआबमा बस्न र नयाँ पति खोज्न र परिवार बसाउनको लागि सल्लाह दिन्छिन् । यहीँनेर ती दुई स्त्रीहरूका बिचमा भिन्नता देखापर्छ । ओर्पाले मोआबमा बस्ने निर्णय गरिन्, यद्यपि त्यो मनको पीडा र कठिनाइको ठाउँ थियो । किन ? किनभने यो तिनले चिनेको ठाउँ हो । यो तिनको सहजताको क्षेत्र थियो । तिनमा अगि बढ्ने विश्वास थिएन । तर रूथ भिन्न थिइन् । तिनले नाओमीलाई भनिन्ः ‘तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु । तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु । तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्’ (पद १६) । ओर्पा पछाडि फर्किन्, रूथ अगाडि बढिन् । अनि यसले पछि गएर प्रतिफल दियो । बेथलेहममा तिनले आफ्नो नयाँ पति बोअजलाई भेटिन् । उनी धनी मात्र थिएनन्, तर उनले तिनको राम्रो हेरचाह गरे, र तिनीहरूले एउटा छोरा जन्माए जसबाट राजा दाऊद र हाम्रा धन्यका प्रभु येशू दुवैको वंशज आयो । परमेश्वरले विश्वासलाई इनाम दिनुहुन्छ, डरलाई होइन । त्यसकारण तपाईंको लागि आजको वचन छ– यो विगतसँग सम्बन्ध तोडेर अगाडि बढ्ने समय हो ।

आत्मिक भोजनः प्रेरित २७–२८ मर्कूस ५:३१–४३ भजन ९४:१२–२३ हितोपदेश ११:१६–१८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...