‘परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा तिनीहरू बढी रुचाउँथे ।’ —यूहन्ना १२:४३
बाइबल यसो भन्दछः ‘तरै पनि शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा र तिनीहरूले सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन् । किनभने परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा तिनीहरू बढी रुचाउँथे’ (पद ४२–४३) । एक अगुवाको रूपमा तपाईं कत्तिको सुरक्षित महसुस हुर्नुहुन्छ ? अरू कसैले राम्रो विचार ल्याउँदा, के तपाईं त्यसलाई समर्थन गर्नुहुन्छ वा त्यसलाई दबाउनुहुन्छ ? के तपाईं अरू मानिसहरूको सफलतामा आनन्द मनाउनुहुन्छ वा तिनीहरूबाट खतरा महसुस गर्नुहुन्छ ? यदि तपाईंले त्यस्ता विचारलाई दबाउनुहुन्छ र जोखिम महसुस गर्नुहुन्छ भने, तपाईंसँग असुरक्षा भावको समस्या छ र परमेश्वरले तपाईंलाई बोलाउनु भएको काममा पूर्ण रूपमा सफल बन्नको लागि तपाईंले यसको सामना गर्नु आवश्यक छ । ध्यान दिनुहोस्ः १) असुरक्षित अगुवाहरूले अरूमा असुरक्षाको भावना सृजना गर्छन् । एउटा पुरानो भनाइ छ, ‘तपाईंले आफूसँग नभएको कुरा दिन सक्नुहुन्न । त्यसैगरी, आफैँमा सुरक्षाको भवनाबिना तपाईंले अरूलाई सुरक्षित महसुस गराउन सक्नुहुन्न । अनि एक प्रभावकारी, अरूले पछ्याउन चाहने प्रकारको अगुवा बन्नको लागि तपाईंले पछ्याउनेहरूलाई आफ्नो बारेमा असल महसुस गराउनु आवश्यक छ । २) असुरक्षित महसुस गर्ने अगुवाहरूले मानिसहरूलाई दिनुभन्दा बढी लिन्छन् । तिनीहरू पहिचान, पुष्टीकरण र प्रेमको निरन्तर खोजीमा हुन्छन् । त्यसकारण तिनीहरूको ध्यान सुरक्षाको भावना प्राप्त गर्ने कुरामा केन्द्रित हुन्छ, अरूलाई त्यस्तो सुरक्षाको भावना प्रदान गर्ने काममा होइन । तिनीहरू प्रायः लिनेहरू हुन्छन्, दिनेहरू होइनन्, अनि लिने मानिसहरू असल अगुवा बन्दैनन् । ३) असुरक्षित अगुवाहरूले लगातार आफ्ना उत्कृष्ठ मानिसहरूलाई सीमित गर्छन् । तिनीहरूले शक्ति थुपार्छन् । वास्तवमा तिनीहरूका अनुयायीहरू जति उत्कृष्ठ हुन्छन्, ती अगुवाहरूले त्यति नै जोखिम महसुस गर्छन् र तिनीहरूले आफ्ना अनुयायीहरूको सफलता र मान्यतालाई सीमित गर्न कडा मेहनत गर्छन् । यदि यी कुराहरूले तपाईंलाई वर्णन गर्छन् भने, यो वचन पढ्नुहोस्ः ‘भातृ–प्रेमसँग एकअर्कालाई प्रेम गर । आफूलाईभन्दा बढी अरूलाई आदर गर’ (रोमी १२:१०) ।एक अगुवाका रूपमा तपाईंले अरूबाट असुरक्षित महसुस गर्ने होइन, तर अरूलाई उत्साह र सुरक्षा दिनुपर्छ ।
आत्मिक भोजनः गन्ती १–२ मत्ती ९:१–१३ भजन १०० हितोपदेश ३:७–८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024