‘तिनीहरूलाई छोडिदेओ, ती अन्धा अगुवाहरू हुन् ।’ —मत्ती १५:१४
त्यहाँ धेरै असल अगुवाहरू छन्, तिनीहरूलाई पछ्याउन नडराउनुहोस् । तर येशूले संकेत गर्नुभएका ‘अन्धा अगुवाहरू’ को बारेमा के नि ? तिनीहरूको पहिचान गर्न र तिनीहरूबाट बच्न तपाईंलाई मदत गर्ने यहाँ केही संकेतहरू छन्ः (१) कठोरता । साँचो अगुवाहरूसँग सिक्ने आत्मा र सेवकको ह्दय हुन्छ । तिनीहरू तपाईंको वृद्धिमा रमाउँछन् र तपाईंको विकासबाट जोखिम महसुस गर्दैनन् । तपाईं उड्न तयार हुनुहुन्छ भन्ने कुरा स्पष्ट भएपछि तिनीहरूले ‘तपाईंलाई गुँडमै राखिरहन’ प्रयास गर्दैनन् । (२) ठालुपन । ‘हामी मात्रै ठिक छौं’ भन्ने मनोवृत्ति छ कि छैन हेर्नुहोस् । जब कसैले परमेश्वरको उद्धार पाएको परिवारका अन्य सदस्यहरूलाई स्वीकार गर्न सक्दैन र उनीहरूसँग संगति गर्न सक्दैन, त्यहाँ केही गलत छ । आफूलाई मात्रै सही देख्ने प्रवृत्ति प्रायः मानसिक रोगको लक्षण हो । (३) रुपैयाँपैसाको लालच । नेतृत्वको लागि परमेश्वरको स्तर यहाँ छः ‘धनको लोभले होइन तर उत्साहसाथ’ (१ पत्रुस ५:२) । बाइबलले असल अगुवाहरू ‘दोब्बर आदरका योग्य’ (१ तिमोथी ५:१७) हुन्छन् भनी बताउँछ, जसको अर्थ दुई गुणा बढी हुन्छ । तर तपाईंले तिनीहरूको खेतमा मात्र तपाईंको बिउ छर्नुपर्छ, अरू कतै होइन भनी सिकाउनेहरूबारे सतर्क रहनुहोस् । (४) जवाफदेहिता । उनीहरूलाई छुनै नहुने, ‘म–परमेश्वरको–अभिषिक्त जन हुँ’ भन्ने प्रकारका अगुवाहरूदेखि सावधान रहनुहोस् । हामी जतिसुकै प्रतिभाशाली भए पनि, हामी सबैसँग कमजोरीका क्षेत्रहरू छन् जसको समय–समयमा सामना गर्नु र परामर्श लिनु आवश्यक छ । सोलोमनले भनेका छन्, ‘लोट्दा पनि उठाउने कोही सब नहुने बिचरा’ (उपदेशक ४:१०) । येशूले उहाँको समयका धार्मिक अगुवाहरूको बारेमा के भन्नुभयो यहाँ छः ‘स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नुभएको हरेक बोट उखेलिनेछ । तिनीहरूलाई छोडिदेओ, ती अन्धा अगुवाहरू हुन् । अन्धाले अन्धालाई डो¥यायो भने, ती दुवै खाल्डोमा पर्नेछन् ।’ (मत्ती १५:१३–१४) । यसकारण अगुवा छनोट गर्दा, तपाईंलाई अबुझ, आफँैलाई ठूलो ठान्ने र अरूसँग मिलेर काम गर्न नसक्ने होइन तर सेवकको आत्मा भएको व्यक्तिको आवश्यकता पर्छ ।
आत्मिक भोजनः गलाती ५:२२ २ पत्रुस ३:३–१५ मत्ती ५:३९ १ शमूएल २५:१–४२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


