‘तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो ।’ —हितोपदेश ५:१८
तपाईंको जीवनसाथीसँग तपाईंको जति लामो इतिहास छ, तपाईंले त्यति नै धेरै आनन्द र पीडा अनुभव गर्नुभएको छ । जीवनका परिस्थितिहरूमा उतारचढावमा कहिलेकहीँ तपाईंहरू अरू क्षणमा भन्दा बढी घनिष्ठ हुनुहुन्छ । तापनि यदि तपाईंले सम्बन्धको शुरुवातमा आवश्यक परिश्रम गर्नुभएको थियो, तपाईंले आÇनो जीवनसाथीमा के चाहनुहुन्छ भन्ने बारे स्पष्ट हुनुहुन्थ्यो र इमान्दारीपूर्वक त्यो व्यक्ति को हो भनेर मूल्यांकन गर्नुभएको थियो भने, सुरुमा तपाईंहरू दुबैलाई एकसाथ ल्याउने कुराले नै तपाईंहरूको एकतालाई अगाडि बढाउने छ । तपाईंले सुरुमा यी व्यक्तिको बारेमा कुन कुरा मन पराउनुहुन्थ्यो र आदर गर्नुहुन्थ्यो सायद त्यो कुरा परिवर्तन भएको छैन । तर तपाईंहरूको सम्बन्ध विकास भइरहनको लागि, तपाईंहरू घनिष्ठ बन्दैजान काम गर्नुपर्छ । सबै सम्बन्धहरूमा वृद्धिका क्षेत्रहरू छन् जसलाई काँटछाँट गर्नु र मलजल गर्नु आवश्यक छ । यदि तपाईंलाई आÇनो सम्बन्ध पहिलेको जस्तो छैन जस्तो लाग्छ भने, यो अरू नै कुनै फरक कुराका रूपमा विकसित भइरहेको हुनसक्छ । वा सायद तपाईंले यसलाई ताजा राख्न र अगाडि बढ्नको लागि आÇनो प्रतिबद्धता नवीकरण गर्नु आवश्यक छ । सायद तपाईंले गुमेको घनिष्ठता सृजना गर्न वा पहिलेको प्रेमको आनन्द लिनका लागि परिश्रम गर्नुपर्छ । तपाईंको पति वा पत्नीमा भएका आधारभूत कुराहरू सुरुमा वास्तवमै त्यहाँ थिए भने, परिवर्तन नहुने सक्छ । तपाईंको सम्बन्धको आधार महत्वपूर्ण कुरा हो । त्यसमा ध्यान केन्द्रित गर्नाले दैनिक जीवनका अवश्यंम्भावी उतार–चढावको प्रवाहसँग जान धेरै सजिलो हुन्छ । त्यसो हो भने, के तपाईंहरूले सँगसँगै थप समय बिताउनु जरुरी छ ? जब तपाईं सुन्न नभ्याउने गरी धेरै व्यस्त हुनुहुन्छ, साँच्चै सुन्न नभ्याउने गरी व्यस्त हुनुहुन्छ, तपाईंका पति वा पत्नीलाई लाग्छ कि तपाईंले उनको वास्ता गर्नुहुन्न वा तपाईंले सम्बन्धलाई आवश्यक महत्व दिनुहुन्न । विचार गर्नुहोस्ः तपाईंको कार बिग्रियो भने तपाईं के गर्नुहुन्छ ? तपाईंले समय लिनुहुनेछ र त्यसलाई मर्मत गर्न मूल्य तिर्नुहुनेछ ¤यसकारण आज आÇनो वैवाकि सम्बन्धलाई घनिष्ठ बनाउन परिश्रम गर्नुहोस् ।
आत्मिक भोजनः यर्मिया ७–९ मत्ती २७:२०–३१ भजन ३८:१–१२ हितोपदेश ८:२२–२३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



