अझै ठूला कुराको लागि परमेश्वरमा विश्वास गर्नुहोस्

May 4, 2024

‘जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै त्यो पूरा गर्नुहुनेछ ।’ —फिलिप्पी १:६

हामीमध्ये धेरै जनासँग आपूmभित्र परमेश्वरको आकारको सपना छ, तर हामी असफल भइएला भनी यति डराउँछौं कि हामीले प्रयास नै गर्दैनौं । यो कसरी हुन सम्भव छ भन्ने हामी कल्पना गर्न सक्दैनौं । त्यसकारण, हामी यसतर्फ काम गर्दैनौं । यहाँ एउटा चुनौती छः नतिजाको बारेमा चिन्ता नगर्नुहोस् । त्यो तपाईंक्रो जिम्मेवारी होइन । ‘मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ ।’ तपाईंले यसमा काम मात्रै गर्नु आवश्यक छ । यो कुनै ठूलै कुरा हुनुपर्दैन । वास्तवमा, यो सायद कुनै सानो कुरा हुनेछ । प्रत्येक ठूलो कुरा सानोबाटै सुरु हुन्छ । तर यदि तपाईंले साना कुराहरू पनि ठूला कुरा जस्तै महत्त्व दिएर गर्नुहुन्छ भने, परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुनेछ र तिनीहरूलाई प्रयोग गर्नुहुनेछ । ए. डब्ब्लु. टोजर नामक ईश्वरशास्त्रीले भनेका छन्, ‘परमेश्वरबारे निम्नस्तरको दृष्टिकोण नै सयौं तुच्छ खराबीहरूको कारण हो । परमेश्वरबारेको उच्च दृष्टिकोण दशौं हजार सांसारिक समस्याहरूको समाधान हो ।’ पावलले एफिससका विश्वासीहरूका लागि कसरी प्रार्थना गरे, ध्यान दिनुहोस्ः ‘म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको ह्दयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक । अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक । त्यो शक्ति उहाँको महान् सामथ्र्यको काम नै हो ¤’ (एफिसी १:१८–१९ ) । परमेश्वर के गर्न सक्षम हुनुहुन्छ भनेर हामी कल्पना गर्न समेत सक्दैनौं । यसको अर्थ हुन्छः हामीले परमेश्वरलाई हाम्रो जीवनमाथि नियन्त्रण दियौं भने हामीले के गर्न सक्छौं भनेर कल्पना गर्न सक्दैनौं । उहाँको शक्तिले प्रतिक्रियामाथि प्रतिक्रियाहरूको लहर सुरु गर्छ । अनि हामीभित्र काम गर्ने उहाँको शक्तिले, उहाँले हामीलाई जे गर्न बोलाउनुभएको छ, हामी ती सबै काम पूरा गर्न सक्छौं ।यसकारण अझै ठूला कुराको लागि तपाईंले परमेश्वरमा विश्वास गर्न सक्नुहुन्छ ।

आत्मिक भोजनः व्यवस्था ५–७ मर्कूस ६:१४–२९ भजन ३७:१–७ हितोपदेश ११:२४–२६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...