‘तिमीहरू सबैले मेरा कुरा सुन र बुझ ।’ —मर्कूस ७:१४
येशूले भन्नुभयो, ‘तिमीहरू सबैले मेरा कुरा सुन र बुझ ।’ उहाँले जीवन परिवर्तन गर्ने वचनरू बोल्नुभयो तर उहाँले बुझ्नुभयो कि अगाडि नै कुनै कुरामा व्यस्त दिमागले सधैँ राम्ररी सुन्दैन । के तपाईं राम्ररी सुन्ने व्यक्ति हुनुहुन्छ ? १) यदि तपाईं अगुवा हुनुहुन्छ भने, के तपाईं आफ्ना अनुयायीहरूको कुरा सुन्नुहुन्छ ? तपाईंसँग अन्तरक्रिया गर्दा कामको मात्रै कुरा गर्नुभन्दा तपाईं एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरा महसुस गर्न समय लिने अगुवाहरूलाई मानिसहरूले पछ्याउन चाहन्छन् । चेस्टरफिल्डका शासक फिलिप स्ट्यानहोपले विश्वास गर्थे कि ‘धेरै मानिसले उनीहरूको अनुरोध सुनुवाइ भएको भन्दा तपाईंले उसको कथा सुनिदिनुभएको मन पर्छ ।’ यदि तपाईंमा तथ्यहरू मात्र सुन्ने आदत छ तर तिनलाई व्यक्त गर्ने व्यक्तिलाई होईन भने, आफ्नो ध्यानको केन्द्र परिवर्तन गर्नुहोस्– वास्तवमै सुन्नुहोस् । २) यदि तपाईं व्यवसायमा हुनुहुन्छ भने, के तपाईं आफ्ना ग्राहकहरूको कुरा सुन्नुहुन्छ ? अमेरिकाको चेरोकी भन्ने समुदायमा एउटा यस्तो भनाइ छ, ‘कानेखुशी सुन्नुहोस् अनि तपाईंले चिच्याटह सुन्न पर्दैन ।’ आफ्ना ग्राहकहरूको चिन्ता, गुनासो र सुझावहरू सुन्न नसक्ने गरी आफ्नै विचार र वस्तुहरूमा कहिल्यै नहराउनुहोस् । माइक्रोसप्mटका पूर्व सिईओ बिल गेट्सले सोचको गतिमा व्यवसाय नामक आफ्नो पुस्तकमा भनेका छन्, ‘असन्तुष्ट ग्राहकहरू सधैँ चिन्ताको विषय हुन्छन् । तिनीहरू तपाईंको सबैभन्दा ठूला अवसर पनि हुन् ।’ त्यसैले तपाईंले सेवा गरिरहनुभएका मानिसहरूसँग सम्पर्कमा रहने कामलाई प्राथमिकता दिनुपर्छ । ३) यदि तपाईं वृद्धिको लागि प्रतिबद्ध हुनुहुन्छ भने, के तपाईं आफ्ना परामर्शदाताहरूको कुरा सुन्दै हुनुहुन्छ ? तपाईं कहिले पनि यति उच्च वा अनुभवी बन्न सक्नुहुन्न कि तपाईं सल्लाहकारबिना रहन सक्नुहोस् । यदि तपाईंसँग यस्ता कुनै परामर्शदाता वा सल्लाहकार छैनन् भने, जानुहोस् र तिनीहरूलाई फेला पार्नुहोस् । यदि तपाईंले कोही पनि फेला पार्न सक्नुहुन्न भने, सही पुस्तकहरू पढेर सुरु गर्नुहोस, आफ्नो बाइबलबाटै सुरुआत गर्नुहोस् । यदि तपाईं आपूmभन्दा बुद्धिमान् कसैको पाइला पछ्याउँदै हुनुहुन्न भने, धेरै सम्भव छ कि तपाईं सही बाटोमा हुनुहुन्न ।
आत्मिक भोजनः याकूब १–२ मत्ती ८:१८–२७ भजन ९१ हितोपदेश ३:३–४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



