अनुशासित बन्नुहोस्

Jan 25, 2024

‘तिमीसँग भएका वरदानको अवहेलना नगर ।’ —१ तिमोथी ४:१४

सुधार गरिरहने एउटै उपाय भनेको अभ्यास गरिरहनु हो । न्यान्सी डोर्नन नामक सफल व्यवसायीले भनेकी छिन्, ‘दुई बिन्दुहरूबिचको सबैभन्दा लामो दूरी भनेको छोटो बाटो हो ।’ त्यो साँच्चै सत्य हो । यदि तपाईं कुनै विशेष क्षेत्रमा वृद्धि हुन चाहनुहुन्छ भने, त्यसको लागि के गर्नुपर्छ र कति मूल्य चुकाउनुपर्छ हिसाब गर्नुहोस् अनि त्यो मूल्य चुकाउने निर्णय गर्नुहोस् । राजा शाऊलको दरबारमा आइपुग्दा दाउदले अचानक वीणावादकको रूपमा आफ्नो प्रतिभा पत्ता लगाएनन् । उनले आफ्ना बाबुका भेडा चराउने क्रममा एक्लो पहाडहरूतिर वर्षौंको अभ्यासबाट यसलाई विकास गरे । पावलले तिमोथीलाई निर्देशन दिएः ‘म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा…ध्यान देऊ । तिमीसँग भएका वरदानको अवहेलना नगर…यी कर्तव्यहरू पालन गर । तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्’ (पद १३–१५) । जब तपाईं वृद्धि हुन छोड्नुहुन्छ– तपाईं सिद्धिनुहुन्छ । प्रगति, सफलता र वृद्धि यत्तिकै हुँदैन, यसका लागि अनुशासन चाहिन्छ । अनुशासित व्यक्ति बन्ने कुनै सजिलो उपाय छैन । गत वर्षको विजेता यस वर्षको उपविजेता हुनुको कारण यो हो कि एउटा अभ्यास र अनुशासनको सन्दर्भमा थप कोसिस ग¥यो, तर अर्कोले गरेन । आपूmले गर्नुपर्ने काम आपूmलाई जाँगर चल्दा वा सहज हुँदा मात्रै गर्ने व्यक्ति पछाडि छोडिनेछ । सुधार अनुशासनबाट आउँछ । अनुशासित व्यक्तिले बहाना बनाउँदैन वा बहाना स्वीकार गर्दैन, उसले बहाना हटाउँछन् । विख्यात फ्रान्सेली लेखक फ्राँस्वा डे ला रसफुकोले भनेका छन्, ‘हाम्रा प्रायः सबै गल्तीहरू तिनलाई लुकाउने हाम्रा उपायहरूभन्दा बढी क्षमायोग्य छन् ।’ यदि तपाईंसँग अनुशासित हुन नसक्ने धेरै कारणहरू छन् भने, बुभ्mनुहोस् कि तिनीहरू बहानाका गुच्छा मात्रै हुन् । यदि तपाईं परमेश्वरले तपाईंलाई जुन काम गर्न बोलाउनुभएको छ त्यसमा सफल बन्न चाहनुहुन्छ भने ती सबैलाई चुनौती दिनु आवश्यक छ ।यसकारण सफलताका लागि अनुशासन आवश्यक छ ।

आत्मिक भोजनः याकूब ३–५ मत्ती ८:२८–३४ भजन ९६ हितोपदेश ३:५–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...