‘येशूले…आÇनो बाहिरी वस्त्र एकातिर पन्छाउनुभयो ।’ —यूहन्ना १३:३–४
अरूको सेवा गर्ने सन्दर्भमा येशू सबैभन्दा पहिलो हुनुहुन्थ्यो । उहाँ ‘भोजनबाट उठ्नुभयो र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आÇनो कम्मरमा बेर्नुभयो…बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो र आफूले बेहे्रको तौलियाले तिनीहरूका गोडा पुछ्न लाग्नुभयो…पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने ?”’ (पद ४–६) । मानव देह धारण गर्नुभएका परमेश्वरले अयोग्य मानिसहरूको खुट्टा धुन घुँडा टेकेर तौलिया बेर्नुभएको कल्पना गर्ने प्रयास गर्नुहोस् । बाइबलले भन्दछ, ‘येशूले…आÇनो बाहिरी वस्त्र एकातिर पन्छाउनुभयो ।’ यदि तपाईं अरूको सेवा गर्न चाहनुहुन्छ भने, तपाईं आÇनो छबि, आÇनो सहजता र आÇनै कुरालाई पन्छाउन तयार हुनुपर्छ । आÇनो वस्त्र पन्छाएर, येशूले देखाउनुभयो कि परमेश्वरले रूप वा बाहिरी लोकप्रियतामा चासो राख्नुहुन्न । वास्तविक सेवाकार्य आÇनै छबि कसरी उत्तम देखाउने भन्ने कुरामा केन्द्रित हुँदैन† यसले भेदभाव राख्दैन । तर पत्रुसले यो कुरा बुझेनन् ¤ येशूले आफैँलाई त्यस्तो अपमानजनक रूपमा प्रस्तुत गर्नुहुनेछ भन्ने सोच्दा उनी लज्जित भए । त्यसैकारण, येशूले भन्नुभयोः ‘तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो, तिमीहरू ठिकै भन्दछौ, किनभने म उही हुँ । यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक–अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूका निम्ति गरेँ, तिमीहरूले पनि त्यसै गर । यदि तिमीहरूले यी कुरा जान्यौ र ती ग¥यौ भने, तिमीहरू धन्य हुनेछौ’ (पद १३–१५, १७) । तपाईंको जीवनमा त्यस्ता केही कुराहरू छन् जसलाई अरूको सेवा गर्न र परमेश्वरको इच्छा पूरा गर्नको लागि पन्छाउनुपर्छ । यदि तपाईं आशिष् पाउन चाहनुहुन्छ भने, आÇनै भाषणमा आनन्द मनाउने र आÇनै उपलब्धिहरूको तुरही फुक्नेहरूसँग सामेल नहुनुहोस् । तपाईंले व्यक्तिगत रूपमा घमण्ड गर्नुहुने सबै कुरालाई पन्छाउनुहोस् र सेवकपनको तौलिया उठाउनुहोस् । यसकारण सेवाको सन्दर्भमा अरू कसैले त्यसो गर्ला भनी नपर्खनुहोस् । तपाईं पहिले त्यसो गर्नुहोस् ¤
आत्मिक भोजनः २ राजा २१–२३ मत्ती २५:२४–४६ भजन ११ हितोपदेश ८:४–५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



