अरूको सेवा गर्ने उपाय खोज्नुहोस्

Nov 4, 2024

‘अरूसँग बाँडचुँड गर, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ ।’ —हिब्रू १३:१६

अरूको सेवा गर्ने उपाय खोज्नुहोस् अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन क्यालिफोर्निया राज्यका गभर्नर रहेको समयमा, आफ्ना प्रशासक माइकल डिभरलाई यसो भन्दै उनी आफ्नो कार्यालयबाट कहिलेकहीँ चाँडै निस्कन्थे, ‘मैले केही काम गर्नु छ ।’ डिभरलाई यसबारेमा उत्सुकता जाग्यो, यसकारण तिनले गभर्नरको डेस्कमा भएका राता फायलहरू पल्टाएर हेरे । त्यहाँ माथिपट्टि भियतनाममा खटिएको एक जना सिपाहीले पठाएको एउटा कच्याककुचुक परेको चिठ्ठी थियो । ती सिपाहीले दक्षिणपूर्वी एसयिमा आफ्नो जीवनको बारेमा र उनले आÇनी पत्नीलाई कति धेरै याद गरेको थियो भन्ने बारेमा बताउँदै रेगनलाई चिठ्ठी लेखेका थिए । त्यो दिन उनीहरूको विवाहको वार्षिकोत्सव थियो र उनले तिनलाई कति प्रेम गर्थे र तिनीसँगै हुन चाहन्थे भन्ने कुरा तिनले थाहा पाएको उनले चाहन्थे । उनले तिनलाई पहिल्यै एउटा कार्ड पठाइसकेका भए तापनि, ती गर्भनरले तिनलाई एक कल फोन गरेको र तिनी कुशलै छिन् भन्ने कुरा निश्चित गरेको र तिनले त्यो कार्ड नपाएकी भए उनको प्रेमको खबर पु¥याइदिन ती सिपाहीले अनुरोध गरेका थिए । भोलिपल्ट डिभरले पत्ता लगाए कि रेगनले ती सिपाहीले अनुरोध गरेको भन्दा बढी नै काम गरेका थिए । उनले एक दर्जन गुलाबका पूmलहरू लिएर ती मानिसकी पत्नीलाई दिएका थिए । ती गर्भनरका चालक डेल रोलीले डिभरलाई बताए कि रेगन अत्यन्त विनम्रताका साथ तिनकहाँ गए, र धेरै टाढा एउटा जंगलमा कष्टपूर्ण अवस्थामा रेहेको एक प्रेमिलो पतिको तर्पmबाट तिनलाई ती पूmलहरू दिए । त्यसपछि कफी पिउँदै र तिनको परिवारको बारेमा कुराकानी गर्दै उनले तिनीसँग एक घण्टाभन्दा बढी समय बिताए । रेगनको दीर्घकालीन लोकप्रियता पछाडिको एउटा रहस्य उनको विनम्रता हुनसक्छ । कसैले भनेकाछन्, ‘आपूmभन्दा वरिष्ठहरूप्रति विनम्र हुनु कर्तव्य हो, समकक्षीहरूप्रति विनम्र हुनु शिष्टता हो, अनि आपूmभन्दा सानाहरूप्रति विनम्र हुनुचाहिँ महानता हो ।’ वचनले पनि भन्दछ, ‘यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ ।’ यसकारण सेवा गर्ने अवसर खोज्नुहोस् र काम गर्नुहोस् ।

आत्मिक भोजनः यशैया ३८–४१ यूहन्ना ७:४५–५३ भजन ९ हितोपदेश २८:१३–१६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...