‘होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं ।’ —रोमी ८:३७
यदि तपाईंलाई दुव्र्यवहार गरिएको छ, अस्वीकार गरिएको छ, वा त्यागिएको छ भने, शर्ममा आधारित हुन र आफ्नो बारेमा धेरै नकारात्मक वा कमजोर धारणा बनाउन सजिलो छ । शैतानलाई यो कुरा थाहा छ, त्यसैकारण अवसर पाउनसाथ उसले तपाईंको आत्मविश्वासमाथि आक्रमण गर्नेछ । तपाईं असफल व्यक्ति हो भन्ने तपाईं विश्वास गर्नुभएको ऊ चाहन्छ, किनकि आत्मविश्वासबिना तपाईं कहिल्यै कदम चाल्न अनि तपाईंले वास्तवमै गर्न चाहनुभएका कामहरू गर्ने प्रयास गर्नुहुनेछैन । तपाईंले आफ्नो जीवनको लागि परमेश्वरको योजना पूरा गरेको उसले चाहँदैन । तपाईं अक्षम हुनुहुन्छ भनी यदि उसले तपाईंलाई विश्वास दिलाउन सक्यो भने, तपाईंले केही पनि सार्थक गर्न प्रयास गर्नुहुनेछैन । अनि तपाईंले प्रयास गर्नुभयो भने पनि, आत्मविश्वासको कमीको कारण तपाईंले सुरुदेखि नै अपेक्षा गर्नुभएको तपाईंको असफलताको डरले तपाईंको पराजय निश्चित गर्नेछ । यसलाई प्राय ‘फेल्यर सिन्ड्रोम’ अर्थात् असफलताको लक्षण भनिन्छ । गलत विश्वासको कारण तपाईं असफल हुनुभयो, अनि अब तपाईं गलत विश्वास जारी राख्नुहुन्छ किनभने तपाईं असफल हुनुभयो । कुन पहिलो आयो भन्ने कुरा जान्न कठिन छ, तर तपाईंले आपूmलाई एउटा जालमा फसेको पाउनुहुन्छ जसबाट तपाईं बाहिर निस्कन सक्नुहुन्छ जस्तो लाग्दैन । यसको समाधान के छ ? परमेश्वरको उद्धार गरिएको सन्तानको रूपमा, बाइबलले भन्छ कि तपाईं ‘ख्रीष्टमा हुनुहुन्छ ।’ येशूले शैतानलाई पराजित गर्नुभयो र क्रुसमा उसमाथि विजय प्राप्त गर्नुभयो । अनि किनभने तपाईं ‘ख्रीष्टमा’ हुनुभएको कारण, उहाँको विजय तपाईंको विजय हो । तपाईं असफलताको लक्षणबाट बाहिर निस्कन सक्नुहुन्छ र जीवनमा सफल बन्न सुरु गर्न सक्नुहुन्छ । यसको कारण यहाँ छः ‘होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं ।’ यहाँ ‘होइन’ भन्ने शब्दमा ध्यान दिनुहोस् । विगतमा तपाईंलाई जे भए तापनि, परमेश्वरले तपाईंको लागि अद्भुत भविष्य योजना गर्नुभएको छ ।यसकारण अब तपाईंले असफल बन्ने डर होइन, तर ख्रीष्टमा विजय र सफलता प्राप्त गर्ने भरोसा राख्न सक्नुहुन्छ ।
आत्मिक भोजनः अ्ययूब ३६–३८ लूका २:४१–५० भजन १३९:१–१२ उपदेशक ११:४–६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



