असफलताबाट सफलतातर्फ जानु (१)

Feb 6, 2024

‘जो कमजोरीबाट बलिया भए र युद्धमा वीर भए ।’ —हिब्रू ११:३४

हिब्रूको पुस्तकका लेखकले यसो भनेका छन्ः ‘गिदोन, बाराक, शिमशोन, यिप्ताको बारेमा र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन…जो कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए’ (पद ३२–३४) । धर्मशास्त्रका कतिपय महान् सफलताका कथाहरू दुर्बलता र चारित्रिक कमजोरीहरूसँग संघर्ष गर्ने मानिसहरूका बारेमा छन् । तिनीहरू असफलता र पराजयमा फसेका थिए, तापनि परमेश्वरको अनुग्रहले तिनीहरूले आफ्नो विरुद्धमा राखिएका अवरोध र बाधाहरूलाई जितेका थिए । बाइबलको मुख्य विषय पुनरुत्थान हो— मृतकबाट फेरि जीवित भई उठ्ने काम ¤ प्रश्न यहाँ छः यदि तपाईं असफलताबाट बच्न सक्नुहुन्न, तर तपाईंले यसको सामु आत्मसमर्पण गर्ने सोच पनि राख्नुहुँदैन भने, तपाईंले यसलाई कसरी सम्भालनहुन्छ ? पहिले, आफ्नो मनोवृत्तिपरिवर्तन गर्नुहोस् । एउटा कार्टुन हास्यव्यंग्य श्रृंखलामा होमर नामक पात्रले हामीमध्ये धेरैको मनोवृत्तिलाई यसरी संक्षेपमा वर्णन गरेको छ, ‘बच्चाहरू, तिमीहरूले सक्दो प्रयास ग¥यौ र नराम्ररी असफल भयौ । यसबाट सिक्नुपर्ने पाठ यही हो– कहिल्यै प्रयास नगर ।’ त्यसैगरी, अर्को कार्यक्रम उसले यस्तो पनि टिप्पणी ग¥यो, ‘प्रयास गर्नु असफलताको पहिलो पाइला हो ।’ अधिकांश वास्तविक मानिसहरूले जस्तै, त्यो होमर नामक पात्रले पनि कहिल्यै प्रयास गर्दैन, ऊ यत्तिकै अड्केर रहन्छ । जीवनमा सफल हुने मानिसहरूमा विश्वास र दृढता हुन्छ । तिनीहरूले हार मानेर छोड्न इन्कार गर्छन्† तिनीहरूले असफलताबाट पराजित नहुने निर्णय गरेका छन् । ‘जो कमजोरीबाट बलिया भए’ भन्ने शब्दहरूमा ध्यान दिनुहोस् । तपाईं कमजोर हुँदै सुरु गर्न सक्नुहुन्छ, तर परमेश्वरको अनुग्रहद्वारा तपाईं बलियो बन्न सक्नुहुन्छ । तपाईं असफलताको खरानीको थुप्रोबाट उठ्न सक्नुहुन्छ, आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ अनि परमेश्वरले चाहनुभएको जीवन जिउन सक्नुहुन्छ । हामीलाई यो कुरा कसरी थाहा छ ? किनभने परमेश्वरको वचनले त्यसो भन्छ ¤यसकारण, प्रयत्न गर्नु र असफल हुँदा हार नमानी अगि बढिरहनु नै सफलताको मार्ग हो ।

आत्मिक भोजनः गन्ती २२–२४, मत्ती ११:२०–३०, भजन १०८, हितोपदेश ३:३१–३२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...