‘आप्mनै मुखको वचनले तँ पासोमा परिस् ।’ —हितोपदेश ६:२
एक प्रख्यात मनोचिकित्सकले टिप्पणी गरेका छन् कि मानव शब्दावलीमा दुई वटा दुःखलाग्दा शब्दहरू ‘यदि…मात्रै’ हुन् । आफ्नो असफलतामा फसेका मानिसहरूले आफ्नो जीवन यसो भन्दै बिताउछन्, ‘यदि मैले अझै कठोर प्रयास मात्रै गरेको भए…यदि म मेरा बच्चाहरूप्रति दयालु भएको भए…यदि म अझै सत्यवादी भएको भए…यदि…मात्रै…’ त्यस्तो सोच परिवर्तन गर्ने तरिका भनेको यदि मात्रै भन्ने शब्दहरूको स्थानमा ‘अर्को पटक’ भन्ने शब्दहरू प्रतिस्थापन गरेर आफ्नो भाषा परिवर्तन गर्नु हो । ‘अर्को पटक म अझ परिश्रमका साथ प्रयास गर्नेछु…अर्को पटक म मेरा बच्चाहरूप्रति अझै दयालु हुनेछु…अर्को पटक म अझ सत्यवादी बन्नेछु ।’ बाइबलले भन्दछ, ‘आप्mनै मुखको वचनले तँ पासोमा परिस् ।’ पासो भनेको जाल हो । के तपाईंले कहिल्यै पासोमा परेका जनावर स्वतन्त्र हुन संघर्ष गरिरहेको देख्नुभएको छ ? तपाईंका शब्दले पनि तपाईंलाई त्यस्तै पासोमा पार्न सक्छन् । अनि तिनीहरूले तपाईंलाई मात्रै असर गर्दैनन्, तिनीहरूले अरूलाई पनि असर पार्छन् । सायद तपाईं सोच्दै हुनुहुन्छ कि हामी यो कुरालाई बढाइ चढाइ गर्दैछौंँ । त्यसो हो भने, यो पनि पढ्नुहोस्ः निको पार्ने जिब्रो जीवनको रूख हो तर छली जिब्रोले आत्मालाई आघात पु¥याउँछ।’ (हितोपदेश १५:४) । ‘जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ’ (हितोपदेश १८:२१) । येशूले भन्नुभयो, ‘यदि कसैले आफ्ने ह्दयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई “उखेलिएर तँ समुद्रमा खस्” भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ’ (मर्कूस ११:२३) । धर्मशास्त्रका यी खण्डहरूमा के समानता छ त ? तिनीहरूले पुष्टि गर्छन् कि हाम्रा शब्दहरूले सबै कुरामा जीवन (वा मृत्यु) बोल्छन् ¤ त्यसकारण पराजयवादी कुरा गर्नुको सट्टा आफ्नो स्थितिमाथि विजय बोल्नुहोस् । असफलता बोल्नुको सट्टा सफलता बोल्न सुरु गर्नुहोस् । जब तपाईंले त्यसो गर्नुहुन्छ, परमेश्वरले तपाईंको ओठको फलको कदर गर्नुहुनेछ ।यसकारण आफ्नो बोलीको बारेमा होसियार रहनुहोस्† पराजय र असफलता जनाउने शब्दको सट्टा विजय र सफलताका वचनहरु बोल्नुहोस् ।
आत्मिक भोजनः गन्ती २५–२६ , मत्ती १२:१–१४, भजन १२०, हितोपदेश ३:३३–३५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


