असफलताबाट सफलतातर्फ जानु (३)

Feb 8, 2024

‘मेरो विषयमा धेरैले भनिरहेछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन ।”’ —भजन ३:२

एक ख्रीष्टियन अगुवाले यस्तो लेखेका छन्ः ‘ओलिभर गोल्डस्मिथ १७०० को दशकमा आयरल्याण्डमा एक गरीब प्रचारकका छोरा भएर जन्मेका थिए । हुर्कने क्रममा उनी त्यति तेजिलो विद्यार्थी थिएनन् । वास्तवमा, उनका शिक्षकले उनलाई “बोधो” भन्ने टिप्पणी गरेका थिए । उनले कलेजको अध्ययन त पूरा गरे तर आफ्नो कक्षाको सबैभन्दा कम अंक ल्याए । आपूmले उनी के गर्न चाहेको भन्नेबारे उनी अनिश्चित थिए । सुरुमा उनले प्रचारक बन्ने प्रयास गरे तर यो उनलाई उपयुक्त भएन…त्यसपछि उनले कानूनको क्षेत्रमा प्रयास गरे तर असफल भए । त्यसपछि उनी डाक्टर बन्ने प्रयास गरे तर त्यो पेशामा खासै रुची लागेन…उनी आफ्नो पेशाप्रति जोशिलो थिएनन् । उनी केही समयको लागि मात्रै विभिन्न पदहरूमा रहे । गोल्डस्मिथ गरिबीमा जिउँथे, प्राय बिरामी हुन्थे र एक पटक खाना किन्नको लागि उनले आफ्ना लुगाहरूसमेत चिनी राख्नुप¥यो । उनले कहिल्यै कुनै उपाय फेला पार्न सक्नेछैनन् जस्तो लाग्थ्यो तर त्यसपछि उनले लेख्ने र अनुवाद गर्ने रुची र दक्षता पत्ता लगाए । सुरुमा, उनले फ्िलट स्ट्रिट नामक पत्रिकामा समीक्षक र लेखकको रूपमा काम गरे । तर त्यसपछि उनले आफ्नो रुचिका कृतिहरू सृजना गर्न सुरु गरे । उनी वेकफिल्डको पुजारी नामक उपन्यास ‘परित्यक्त गाउँ’ नामक कविता र नम्र बनेर तिनी विजयी बन्छिन् जस्ता नाटकका स्रष्टाका रूपमा प्रसिद्ध भए ।’ गोल्डस्मिथको कथा धेरै अर्थमा भजनकार दाऊदको जस्तै सुनिन्छ, अनि तपाईंको पनि त्यस्तै हुनसक्छः ‘मेरो विषयमा धेरैले भनिरहेछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन ।” ‘तर हे परमेश्वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ ।’ (पद २–३) । तपाईं आज निराश र तल झरेको अवस्थामा हुनुहोला तर तपाईं मार्गदर्शनको लागि उहाँकहाँ फर्कनुभयो र आफ्नो जीवनको लागि उहाँको योजनामा सहकार्य गर्नुभयो भने परमेश्वरले तपाईंलाई माथि उठाउनुहुनेछ ।

आत्मिक भोजनः गन्ती २७–२९, मत्ती १२:१५–२१, भजन ६७, हितोपदेश ४:१–२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...