असफलताबाट सफलतातर्फ जानु (४)

Feb 9, 2024

‘हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो आनन्दको आवाजले भरिए ।’ —भजन १२६:२

असफलताबाट सफलतातर्फ जानका लागि तपाईंले यी कुराहरू गर्नुपर्छः (१) आफैँमाथि हाँस्न सिक्नु । तपाईंले जेसुकै गुमाउनु भए तापनि वा जति पटक गुमाउनुु भए तापनि, आफ्नो हास्यको भावना कहिल्यै नगुमाउनुहोस् । जब तपाईं आफ्ना गल्तीहरूलाई धेरै गम्भीरताका साथ लिनुहुन्छ, हरेक थोक जीवन–मरणको मुद्दा बन्छ । भजनकारले यस्तो लेखेका छन्ः ‘जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्ता थियौँ । तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो आनन्दको आवाजले भरिए । तब जातिहरूका बिचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्ति महान् काम गर्नुभएको छ ।” परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ र हामी आनन्दले भरिएका छौँ । हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ हाम्रा सुख–शान्ति फर्काइदिनुहोस् । आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन् ¤’ (पद १–५) । तपाईं आफ्ना गल्तीहरूको बारेमा हाँस्न नसक्नुहोला, तर तपाईं समस्यामा हुँदा हाँस्न सिक्न सक्नुहुन्छ ¤ ‘जब परमप्रभुले पर्काएर ल्याउनुभयो’ भन्ने वाक्यांशमा ध्यान दिनुहोस् । परमेश्वरले तपाईंलाई फर्काएर ल्याउन सक्नुहुन्छ ¤ डुंगा दौड प्रतियोगी टिम मास्टर्स भन्छन्, ‘असफलता सफलताको उत्पादक भाग हो । यसले तपाईंलाई फेरि यात्रा गर्नु नपर्ने बाटो, तपाईंले फेरि चढ्नु नपर्ने पहाड, र तपाईंले फेरि पार गर्नुनपर्ने उपत्यका प्रदान गर्दछ ।’ हामीले गल्ती गर्दैगर्दा, तिनीहरू ‘येशूको चुम्बन’ जस्तो महसुस नहुन सक्छन्, जुन असफलताहरूको लागि मदर टेरेसाले प्रयोग गरेको कथन थियो जसले हामीलाई परमेश्वरतर्फ लैजान्छन् । तर यदि हामीले सही मनोवृत्ति कायम राख्यौँ भने, तिनीहरूले हामीलाई हामीले गर्नुपर्ने काम गर्न अगुवाइ गर्न सक्छन् । (२) आफ्नो गल्तीबाट सिक्नुहोस् । सफल रेस्टुरेन्ट व्यावसायी वोल्फग्याङ पकले भनेका छन्, ‘सफल भएका सबै रेस्टुरेन्टबाट भन्दा एउटा असफल रेस्टुरेन्टबाट मैले धेरै कुरा सिकेको छु ।’ के सामान्यतया सिक्ने तरिका यही होइन र ? तपाईंले गुमाउनु हुन्न, बरु सिक्नुहुन्छ ।यसरी असफलताबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा थाहा पाउनु स्वतन्त्र तुल्याउने कुरा हो ।

आत्मिक भोजनः गन्ती ३०:१–३२:२४ , मत्ती १२:२२–३७m, भजन १२५ , हितोपदेश ४:३–४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...