‘वचन वा मुखले मात्र हामी प्रेम नगरौँ, तर काम र सत्यतताले प्रेम गरौँ ।’ —१ यूहन्ना ३:१८
‘प्रेम’ शब्द एक संज्ञा वा नाम मात्रै होइन, यो त एक क्रियापद (कार्य जनाउने शब्द) हो । अनि यो तपाईंले के भन्नुहुन्छ भन्ने कुराद्वारा मात्रै प्रदर्शन गरिँदैन तर तपाईंले गर्नुहुने कामद्वारा प्रदर्शान हुनुपर्दछ । रूसको एउटा सानो यहूदी सहरमा एक रब्बी (धर्मगुरु) छन् जो प्रत्येक शुक्रवार बिहान प्रार्थनाको बेला धेरै समयसम्म देखा पर्दैनन् भनिन्थ्यो । उनका अनुयायीहरूले दावी गर्छन् कि त्यो समयमा उनी स्वर्गमा जान्छन् र परमेश्वरसँग कुरा गर्छन् । एक नयाँ व्यक्ति त्यो सहरमा आयो र यो सबै कुराबारे शंका जनायो, त्यसैले खास कुरा के रहेछ जाँच गर्ने निर्णय गर्यो । उसले लुकेर हे¥र्यो । ती रब्बी बिहानै उठे, प्रार्थना गरे, त्यसपछि किसानको लुगा लगाए । उनले एउटा बन्चरो लिए र जंगलमा गएर दाउरा काटे, अनि गाउँको बाहिरी भागमा रहेको एउटा झुप्रोमा लगे जहाँ एउटी वृद्ध महिला र तिनको बिरामी छोरा बस्थे । उनले तिनीहरूलाई एक हप्ताको लागि पर्याप्त दाउरा छोडिदिए, त्यसपछि उनी घर फर्किए । ती रब्बीको व्यवहार आफैले देखेर, त्यो नवआगन्तुक मानिस उनको शिष्य बन्यो । अब जब उ आफैँले गाउँलेहरूले यसो भनेको सुन्छ, ‘शुक्रवार बिहान हाम्रो रब्बी स्वर्गसम्म पुग्छन्,’ उसले सानो स्वरमा थप्छ, ‘त्योभन्दा माथि नभए तापनि ।’ तपाईंले असल काम गरेर मुक्ति कमाउन सक्नुहुन्न तर यदि तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ भने, तपाईंको कार्य र मनोवृत्तिले तपाईं साँच्चै मुक्ति पाएको व्यक्ति हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नेछ । पावलले तीतसलाई यी वचन लेखेः ‘सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ’ (तीतस २:७) । ‘यो भनाइ पक्का छ । म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्’ (तीतस ४:८) ।असल कामको महत्व छ, यसकारण कामले पनि प्रेम गरौँ ।
आत्मिक भोजनः इजकिएल ४३–४५ लूका १:३९–५६ भजन १३९:१–६ हितोपदेश १५:२५–२७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


