‘स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो र चाह गर्नुपर्ने रहेछ भनी देखिन् ।’ —उत्पत्ति ३:६
संवेगहरूको एउटा लबज हुन्छ जसलाई हामी ‘भावना’ भन्छौं । अनि भावनाको लबज धेरै बलियो हुन्छ । हामीमध्ये धेरैलाई थाहा छ हामी कस्तो महसुस गर्छौं । हामी भावनाद्वारा हाँकिएर निर्णय गर्छौं । भावनाको कारण सम्बन्धहरू स्थापित हुन्छन् वा टुट्छन् । असल, रहरलाग्दो र चाह राख्नुपर्ने कुरा देख्दा हव्वालाई अनाज्ञाकारितातर्फ डोहो¥यायो । बाइबलले तिनी भोकाएकी थिइन् भनी बताउँदैन नत्र,तिनले अदनको बगैंचामा भएका अन्य कुनै पनि रूखका फल खाने थिइन् । पहिलो स्त्रीमा भएको भावनात्मक उथलपुथलले हामी सबैमा भावनात्मक उथलपुथलको लागि ढोका खोलिदियो । त्यसकारण, यो वंशाणुगत छ । अनि भावनाहरूलाई सन्तुष्टि चाहिन्छः क्रोध, चोट, र प्रेम सन्तुष्ट बन्न चाहन्छन् । यदि हामीले आफैंलाई शासन गर्दैनौं भने, हामी अनियन्त्रित भावनाहरूको नाटकमा जिइरहेका छौं । जसका भावनाहरूलाई परमेश्वरले छुनुभएको छैन, नयाँ गरी जन्मेको त्यस्तो ख्रीष्टियन बन्नु पर्याप्त छैन । परमेश्वरले हामीमा एउटा काम गर्नुपर्छ जसलाई ‘रूपान्तरण’ भनिन्छ (रोमी १२:१–२ हेर्नुहोस्) । घृणालाई प्रेममा, श्रापलाई आशीर्वादमा, घृणालाई क्षमामा, क्रोधलाई शान्तिमा, र भारीपनालाई प्रशंसामा परिणत गर्नका लागि भावनाहरूलाई नवीकरण गर्नुपर्छ । परमेश्वरको वचन र उहाँका आत्माद्वारा रूपान्तरित भएपछि, हामी हाम्रा भावनाहरूले उत्पन्न गर्न सक्ने नाटक र अस्तव्यस्तताबाट मुक्त हुन्छौं । जब हामी हाम्रा भावनाहरूद्वारा सञ्चालित हुन्छौं, हामी ‘असल महसुस गर्ने’ मानसिकता चाहन्छौं । तर हव्वाले हामीलाई सिकाउँछिन् कि असल महसुस गर्ने मानसिकता एक खराब उत्प्रेरक हो र यसले हामीलाई समस्यामा पार्छ । हाम्रो जीवन पवित्र आत्माद्वारा उत्प्रेरित हुनुपर्छ, र उहाँको प्रेरणा असल भावनाहरू सृजना गर्ने मात्र होइन† उहाँको उद्देश्य आज्ञाकारिता सृजना गर्नु हो । आज्ञाकारिता सधैं भावनाभन्दा परसम्म जानेछ, अनि आज्ञाकारिताले भावनाहरूले कहिल्यै दिन नसक्ने रूपमा सन्तुष्टि दिनेछ ।यसकारण भावनाद्वारा होइन तर आज्ञाकारिताद्वारा जिउनु नै परिपक्वता हो ।
आत्मिक भोजनः यशैया ४–७ यूहन्ना ५:३१–४७ भजन ५ हितोपदेश २७:१३–१६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



