आज्ञाकारिताद्वारा जिउनुहोस्, भावनाद्वारा होइन

Oct 24, 2024

‘स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो र चाह गर्नुपर्ने रहेछ भनी देखिन् ।’ —उत्पत्ति ३:६

संवेगहरूको एउटा लबज हुन्छ जसलाई हामी ‘भावना’ भन्छौं । अनि भावनाको लबज धेरै बलियो हुन्छ । हामीमध्ये धेरैलाई थाहा छ हामी कस्तो महसुस गर्छौं । हामी भावनाद्वारा हाँकिएर निर्णय गर्छौं । भावनाको कारण सम्बन्धहरू स्थापित हुन्छन् वा टुट्छन् । असल, रहरलाग्दो र चाह राख्नुपर्ने कुरा देख्दा हव्वालाई अनाज्ञाकारितातर्फ डोहो¥यायो । बाइबलले तिनी भोकाएकी थिइन् भनी बताउँदैन नत्र,तिनले अदनको बगैंचामा भएका अन्य कुनै पनि रूखका फल खाने थिइन् । पहिलो स्त्रीमा भएको भावनात्मक उथलपुथलले हामी सबैमा भावनात्मक उथलपुथलको लागि ढोका खोलिदियो । त्यसकारण, यो वंशाणुगत छ । अनि भावनाहरूलाई सन्तुष्टि चाहिन्छः क्रोध, चोट, र प्रेम सन्तुष्ट बन्न चाहन्छन् । यदि हामीले आफैंलाई शासन गर्दैनौं भने, हामी अनियन्त्रित भावनाहरूको नाटकमा जिइरहेका छौं । जसका भावनाहरूलाई परमेश्वरले छुनुभएको छैन, नयाँ गरी जन्मेको त्यस्तो ख्रीष्टियन बन्नु पर्याप्त छैन । परमेश्वरले हामीमा एउटा काम गर्नुपर्छ जसलाई ‘रूपान्तरण’ भनिन्छ (रोमी १२:१–२ हेर्नुहोस्) । घृणालाई प्रेममा, श्रापलाई आशीर्वादमा, घृणालाई क्षमामा, क्रोधलाई शान्तिमा, र भारीपनालाई प्रशंसामा परिणत गर्नका लागि भावनाहरूलाई नवीकरण गर्नुपर्छ । परमेश्वरको वचन र उहाँका आत्माद्वारा रूपान्तरित भएपछि, हामी हाम्रा भावनाहरूले उत्पन्न गर्न सक्ने नाटक र अस्तव्यस्तताबाट मुक्त हुन्छौं । जब हामी हाम्रा भावनाहरूद्वारा सञ्चालित हुन्छौं, हामी ‘असल महसुस गर्ने’ मानसिकता चाहन्छौं । तर हव्वाले हामीलाई सिकाउँछिन् कि असल महसुस गर्ने मानसिकता एक खराब उत्प्रेरक हो र यसले हामीलाई समस्यामा पार्छ । हाम्रो जीवन पवित्र आत्माद्वारा उत्प्रेरित हुनुपर्छ, र उहाँको प्रेरणा असल भावनाहरू सृजना गर्ने मात्र होइन† उहाँको उद्देश्य आज्ञाकारिता सृजना गर्नु हो । आज्ञाकारिता सधैं भावनाभन्दा परसम्म जानेछ, अनि आज्ञाकारिताले भावनाहरूले कहिल्यै दिन नसक्ने रूपमा सन्तुष्टि दिनेछ ।यसकारण भावनाद्वारा होइन तर आज्ञाकारिताद्वारा जिउनु नै परिपक्वता हो ।

आत्मिक भोजनः यशैया ४–७ यूहन्ना ५:३१–४७ भजन ५ हितोपदेश २७:१३–१६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...