‘प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस् । तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु ।’ —३ यूहन्ना पद २
आत्माको हेरचाहतपाईंको शरीर ‘पृथ्वीमा रहँदा लगाइने पोशाक’ जस्तै हो जुन अन्ततः मर्नेछ र नयाँ, स्वर्गीय, ख्रीष्ट जस्तो शरीरद्वारा विस्थापित हुनेछ । पावल लेख्छन्, ‘हामीसँग यो धन माटोको भाँडामा छ’ (२ कोरिन्थी ४:७) । यो धन अर्थात् सबैभन्दा महत्त्वपूर्ण कुरा, अनन्तकालको लागि बाँच्ने कुराचाहिँ तपाईंको आत्मा हो । यूहन्नाले लेखेका छन्, ‘प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस् । तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु ।’ कसैले अनुमान गरेका छन् कि औसत शरीरमा ८ लाख वटा आगो बाल्ने मच्चिस बनाउन पर्याप्त फस्फोरस, ६० वटा आइसक्रिमका क्युब बनाउन पर्याप्त चिनी, २० चम्चा नुन, र बीस डलर मूल्य पर्ने काँटीहरू बनाउन पर्याप्त फलाम हुन्छ । बाँकी धूलो र पानी मात्र हो । एउटा सानो केटाको बारेमा यस्तो कथा छः उसलाई सण्डे स्कुलमा यस्तो सिकाइएको थियो, ‘तँ धूलो होस्, र तँ धूलैमा फर्कनेछस्’ (उत्पत्ति ४:१९) । एक दिन उसले खाटमुनि हेर्दै गर्दा उसकी आमाले सोधिन्, ‘तिमी के हेर्दैछौ ?’ उसले जवाफ दियो, ‘मेरो सण्डे स्कुलका शिक्षकले भन्नुभएको थियो कि हामी धूलोबाट आएका हौं र धूलोमै फर्कन्छौं । मेरो ओछ्यानमुनि कोही छ, तर तिनीहरू आउँदैछन् कि जाँदैछन् मैले छुट्याउन सकिनँ ’ साँच्चै, तपाईंको शरीर अस्थायी छ र तपाईंको आत्मा अनन्त छ, त्यसकारण तपाईंले दीर्घकालीन द्दिष्टिकोण लिनुपर्छ र आत्माको हेरचाह गर्नुपर्छ । परमेश्वरको वचनद्वारा आफ्नो आत्मालाई दैनिक पोषण गर्नुहोस् । प्रत्येक दिन प्रार्थनामा परमेश्वरसँग समय बिताएर यसलाई सुदृढ र समृद्ध बनाउनुहोस् । उहाँले तपाईंभित्र राख्नुभएका प्रतिभा र सम्पत्ति पत्ता लगाउनुहोस् र तिनीहरूलाई परमेश्वरको राज्यमा लगानी गर्नुहोस् । यसकारण अबदेखि कसैले तपाईंलाई ‘आफ्नो ख्याल राख्नुहोस्’ भन्दा, आफ्नो शरीरको बारेमा मात्रै होइन तर आफ्नो आत्माको बारेमा पनि सोच्नुहोस् ।
आत्मिक भोजनः यशैया ५३–५७ यूहन्ना ८:४२–५९ भजन १२३ हितोपदेश २९:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



