‘र सबै काम गरेर खडा हुन सक्ने होओ ।’ —एफिसी ६:१३
हामीलाई विजयी रूपमा जिउनको लागि परमेश्वरले प्रदान गर्नुभएको आत्मिक हतियारका अरु तीन वटा कुरालाई हेरौंः (१) ‘तपाईंलाई विश्वासको ढाल चाहिन्छ’ (पद १६) । के को लागि ? ‘दुष्टका सबै अग्निबाण निभाउनका लागि’ (पद १६) । के तपाईंले पुराना अमेरिकी चलचित्रहरूमा मूल निवासी अमेरिकी इण्डियनहरू र पछिबाट बसोबास गर्न आएकाहरू बिचको लडाइँहरू हेर्नुभएको छ ? पछिबाट आएकाहरूले रथहरूलाई गोलो घेरा बनाएर बिचमा बस्थे अनि मूल निवासीहरूले ती रथहरूमा अग्निबाण हान्थे । ती दुवै पक्षले बुझेका थिए कि एकै समयमा आगो र शत्रुहरूसँग लड्न सकिँदैन । अग्निबाणहरूले शत्रु पक्षको ध्यान भंग गर्छन् र विचलित तुल्याउँछन् । शैतानले पनि त्यस्तै चाल चल्छ । तर विश्वासले (परमेश्वरको वचनमा ध्यान केन्द्रित गर्दै) ती अग्निबाणहरूलाई निभाइदिन्छ । (२) ‘मुक्तिको टोप लगाओ’ (पद १७) । यो हेल्मेटले तपाईंको दिमागलाई सुरक्षित राख्छ । जब शैतानले यस्तो कानेखुशी गर्छ, ‘यदि तिमी साँच्चै ख्रीष्टियन भएको भए, तिमीले…गर्ने थिएनौ,’ तपाईंले ख्रीष्टमा आफ्नो पहिचान थाहा पाएर उसको आक्रमणको सामना गर्नुहुन्छ— रगतले किनिएको, पूर्ण रूपमा क्षमा गरिएको, धर्मी जनको रूपमा हेरिएको, स्वर्ग जान तोकिएको परमेश्वरको सन्तान । (३) ‘पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो’ (पद १७) । यहाँ उल्लेख गरिएको ‘परमेश्वरको वचन’ लोगोस (लिखित शब्द) होइन तर रेमा हो जसको अर्थ ‘उच्चारण’ हो । यसले शैतानलाई पराजित गर्न परमेश्वरको वचन बोल्नुपर्ने कुरा जनाउँछ† समस्या समाधान गर्न सही समयमा धर्मशास्त्रको सही खण्ड प्रयोग गर्नु । त्यसैकारण शैतानले बाइबल पढाइको बारेमा तपाईंसँग कडा संघर्ष गर्छ । त्यसले येशूलाई उजाडस्थानमा आक्रमण ग¥यो अनि तीन पटक येशूले जवाफ दिनुभयो, ‘यस्तो लेखिएको छ’ (मत्ती ४:४–१०) । उहाँले धर्मशास्त्र उद्धरण गरेर शैतानलाई परास्त गर्नुभयो ¤ शैतानले तर्क गरेर तपाईंलाई हराउन सक्छ तर परमेश्वरको वचनको विरुद्धमा उसको कुनै प्रतिरक्षा छैन । त्यसकारण धर्मशास्त्रका खण्डहरू कण्ठ गर्नुहोस् अनि त्यसलाई परास्त गर्न तिनीहरूलाई हतियारको रूपमा प्रयोग गर्नुहोस् ।
आत्मिक भोजनः १ राजा ८–९ मत्ती १६:१३–२८ भजन ४०:१–८ हितोपदेश ६:१–५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


