आत्मिक युद्धको लागि हातहतियारले सुसज्जित (३)

Feb 25, 2024

‘सब समय पवित्र आत्मामा प्रार्थना गर ।’ —एफिसी ६:१८

तपाईंको आात्मिक हातहतियार सही तरिकाले लगाउनु पर्छ ताकि सबै भागहरू मिलेर रहनेछन्, अन्यथा तपाईं असुरक्षित बन्नुहुन्छ र शैतानको हातबाट पराजित हुनुहुनेछ । त्यसोभए, तपाईंले त्यो काम कसरी गर्नुपर्छ ? पावलले हामीलाई बताउँछन्ः ‘सब समय पवित्र आत्मामा प्रार्थना गर ।’ तपाईंको लुगाको अल्मारीमा तपाईले शारीरिक क्षेत्रमा लगाउनुपर्ने कुराहरू पाउनुहुन्छ भने तपाईंको प्रार्थना कोठामा तपाईंले आत्मिक क्षेत्रमा लगाउनुपर्ने कुरा फेला पार्नुहुन्छ । प्रार्थनाद्वारा मात्र तपाईं आत्मिक युद्धको लागि पोशाक लगाएर तयार बन्नुहुन्छ, त्यसैले पोशाक नलगाई युद्धमा नजानुहोस् । पावल लेख्छन्, ‘प्रभु येशू ख्रीष्टलाई धारण गर र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ’ (रोमी १३:१४) । यो परीक्षामाथि विजय पाउने सन्दर्भमा धर्मशास्त्रका सबैभन्दा प्रभावकारी पदहरूमध्ये एक हो । कुकुरहरूलाई सुन्न र तिनीहरूको आदेश पालन गर्न तालिम दिने पेशेवारहरू व्यक्तिहरूले कुकुरको अगाडि रातो मासुको टुक्रा फालेर सुरु गर्छन् । तालिम नपाएको कुकुर तुरुन्तै त्यसतर्फ जान्छ, तर अन्ततः प्रशिक्षकले त्यो कुकुरलाई त्यसको अगाडि जेसुकै राखिएको भएता पनि त्यो तालिमदाताप्रति त्यसको अविभाजित ध्यान केन्द्रित गर्न सिकाउँछ । त्यो तालिमको प्रक्रिया पूरा भइसक्दा, लालच लाग्ने कुरा आफ्नो नाकैमुनि राखिएको भए तापनि त्यो कुकुरले आफ्नो मालिकबाट आँखा हटाउँदैन । तपाईंको लागि यहाँ एउटा महŒवपूर्ण शिक्षा छ । यदि तपाईंले आफ्नो दृष्टि येशूमा टिकाउनुभयो भने, शैतानले तपाईंतिर कस्तो प्रकारको झूट वा परीक्षा फाल्छ, त्यसले फरक पार्दैन । कहिलेकहीँ तपाईं ‘त्यसतर्फ जान’ चाहन सक्नुहुन्छ तर यदि तपाईं येशूमा केन्द्रित रहनुभयो र उहाँको मात्रै आवाज सुन्नुभयो भने तपाईं युद्धमा विजयी बन्नुहुनेछ ।यसकारण आत्मिक युद्धका लागि अनुशासन र प्रार्थना निकै महŒवपूर्ण छ ।

आत्मिक भोजनः प्रस्थान २०:१५ यहोशू ७:१–२६ तितस २:६–१० एफिसी ४:२८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...