आत्म–सम्मान पत्ता लगाउनु

Apr 19, 2024

‘यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन् ।’ —मत्ती ६:३३

जब तपाईंले परमेश्वरको वचन पढ्नुहुन्छ, उहाँले तपाईंको बारेमा कस्तो महसुस गर्नुहुन्छ भन्ने कुरा तपाईंले पत्ता लगाउनुहुनेछ । फलस्वरूप, तपाईंका सम्झनाहरू निको हुन थाल्छन्, तपाईंको आत्म–सम्मान पुनस्र्थापित हुन्छ, अनि तपाईंले आफैलाई कम महŒवपूर्ण ठान्न छोड्नुहुन्छ । जब त्यसो हुन्छ, तपाईं अब विश्वास गर्नुहुन्न कि ‘मलाई मेरो आफ्नै साथभन्दा अरू जोसुकैको साथ असल छ ।’ कथित सुखी जोडीहरूको सर्वेक्षणमा, ५० प्रतिशत भन्दा बढीले उनीहरूले सोही व्यक्तिसँग फेरि विवाह नगर्ने बताए । किन ? किनभने एक्लोपनको समाधान मानिसहरू होइनन्† त्यो समाधान त आफूसँग एउटा उद्देश्य हुनुचाहिँ हो ¤ प्रेरित यूहन्ना पत्मोस टापुमा निर्वासित थिए जब परमेश्वरले उनलाई स्वर्गको महिमा देखाउनुभयो र उनले प्रकाशको पुस्तक लेखे । पावलले आधा जति नयाँ नियम लेख्दा उनी रोमी कालकोठरीमा एक्लै थिए । परमेश्वरले उहाँको प्रशंसा गर्ने कोही नभएको बेला उहाँको केही उत्कृष्ठ कामहरू गर्नुभयो, त्यसैकारण उहाँले यसो भन्दै आफैँ प्रशंसा गर्नुभयो, ‘साह्रैराम्रो’ (उत्पत्ति १:३१) । के तपाईं त्यसो गर्न सक्नुहुन्छ ? अरूले तपाईंको बारेमा असल भन्दा सुन्दर लाग्छ, तर जब तपाईं आफ्नो बारेमा असल बोल्न सक्नुहुन्छ, यसले तपाईंको बारेमा तपाईंको विचारलाई प्रतिबिम्बित गर्दछ — अनि प्रत्येक दिन तपाईं त्यसको साथ जिउनुहुन्छ । जसको मृत्युले हामीलाई एक्लै रहन र त्यसमा आनन्द गर्न सिकाएको छ तिनीहरूलाई सम्मान छ ¤ एक्लोपनभन्दा पर कतै आवश्यकताबाट जन्मिएको सन्तुष्टि पनि हुन्छ । जब प्राकृतिक क्षेत्रमा तपाईंका विकल्पहरू बन्द हुन्छन्, तपाईंले आात्मिक क्षेत्रमा आफ्ना लागि ढोकाहरू खोलिएको भेट्टाउनुहुन्छ । त्यसकारण, परमेश्वरसँग आफ्नो सम्बन्धलाई गहिरो बनाउन काम गर्नुहोस् । तपाईंले यसो गर्नुभयो भने, तपाईंले आनन्द भेठ्ठाउनुहुनेछ, अनि तपाईंले सही व्यक्तिहरूलाई आकर्षित गर्ने गुणहरू पनि विकास गर्नुहुनेछ । यसैकारण येशूले भन्नुभयो कि जब तपाईं ‘पहिले परमेश्वरको राज्य र उहाँका धार्मिकताको खोजी गर्नुहुन्छ, यी सबै थोक तपाईंका निम्ति थपिनेछन्’ – आत्म–सम्मान सहित ।यसकारण एकलोपन र आफ्नो बारेमा कमजोर धारणाबाट छुटकारा पाउनको लागि परमेश्वरको खोजी गर्नु जरुरी छ ।

आत्मिक भोजनः प्रेरित ६–७ मर्कूस ३:२०–२७ भजन ७५ हितोपदेश १०:२२–२३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...