हामी आफ्नो संकष्टमा रमाउँछौं, यो जानेर कि…चरित्रले आशा उत्पन्न गराउँछ ।’ —रोमी ५:४
के अहिले तपाईंको विरुद्ध आउँदै गरेको आक्रमण तपाईंले सहन सक्नेभन्दा ठूलो छ जस्तो लाग्छ ? यदि त्यसो हो भने, यो खण्ड पढ्नुहोस्ः ‘हामी आफ्नो संकष्टमा रमाउँछौं, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलता (दृढता) ले चरित्र (प्रमाणित विश्वास र जाँचिएको निष्ठा), र चरित्रले (आनन्दित र साहसी) आशा उत्पन्न गराउँछ’ (पद ३–४) । ध्यान दिनुहोस् कि तपाईं आत्मिक परिपक्वताको त्यो ठाउँमा पुग्न सक्नुहुन्छ जहाँ तपाईं आनन्दित र विश्वस्त आशासाथ स्वाभाविक रूपमा कठिनाइको सामना गर्नुहुन्छ । ‘चिन्ता नगर्नुहोस्’ भन्न सजिलो छ । तर वास्तवमा त्यसो गर्नको लागि परमेश्वरको विश्वासयोग्यताको अनुभव चाहिन्छ । जब हामी परमेश्वरमा भरोसा गर्छौं र हाम्रो जीवनमा उहाँको विश्वासयोग्यता देख्छौं, यसले हामीलाई डर र चिन्ताबिना जिउन आवश्यक साहस दिन्छ । त्यसकारण परमेश्वरमा विश्वास गरिरहनु र परीक्षाहरूको माझमा उहाँमाथि भरोसा गर्न सिक्नु धेरै महत्त्वपूर्ण छ । परमेश्वरको मदतद्वारा हामी हार मान्ने र परिस्थिति कठिन हुँदा प्रयास गर्न छोडिदिने परीक्षामाथि विजय पाउन सक्छौं । हामीमा धैर्य, सहनशीलता र चरित्र निर्माण गर्न परमेश्वरले ती कठिन र थकित तुल्याउने समयलाई प्रयोग गर्नुहुन्छ जसले अन्ततः ‘आनन्दित र विश्वस्त आशाको आदत’ सृजना गर्नेछ । सधैं याद राख्नुहोस् कि जब तपाईं युद्धमा हुनुहुन्छ, तपाईंले बहुमूल्य अनुभव प्राप्त गर्दै हुनुहुन्छ जसबाट तपाईंलाई पछि गएर लाभ हुनेछ । कठिनाइ आउँदा तपाईंले सजिलैसँग परमेश्वरमा भरोसा गर्नुहुनेछ, अनि तपाईं अरूलाई परमेश्वरको भलाइ र विश्वासयोग्यताको बारेमा गवाही दिन सक्षम बन्नुहुनेछ । यदि तपाईं अहिले युद्धमा हुनुहुन्छ भने, तपाईंले आपूmलाई पराजित गर्न यसलाई अनुमति दिन सक्नुहुन्छ वा आपूmलाई बलियो बनाउन सक्नुहुन्छ ¤ सही निर्णय गर्नुहोस् र तपाईंलाई आत्मिक परिपक्वताको अझै गहिरो स्तरमा ल्याउन तपाईंलाई मदत गर्न यसलाई अवसर दिनुहोस् ।यसरी परमेश्वरमा भरोसा गर्दै संकष्टको सामना गरेर आनन्दित र विश्वस्त आशाको आदत सृजना गर्न सकिन्छ ।
आत्मिक भोजनः १ इतिहास १०:१–१२:२२ लूका १२:२२–३४ भजन ११९:२५–३२ हितोपदेश २०:२५–२७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



