‘तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान ।’ —१ यूहन्ना ५:१३
कति धेरै मानिसहरूले आफ्नो मुक्तिको बारेमा शंका गर्छन् भन्नेबारे तपाईं आश्चर्यचकित हुनुहुनेछ । त्यसकारण, हामी परमेश्वरको वचन हेरौँ अनि सदाका लागि एक पटक यो मुद्दा सुल्झाउँः ‘परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँका पुत्रमा छ । जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ…तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु’ (पद ११–१३) । के तपाईं आफ्नो उद्धारको लागि तपाईंका आफ्नै असल कामहरूमा भर पर्नुको सट्टा ख्रीष्टमा भरोसा गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईंले उद्धार पाउनुभएको छ ¤ येशूले भन्नुभयो, ‘जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ’ (यूहन्ना ६:४७) । जब तपाईं तपाईंको बाइबलको सट्टा तपाईंका भावनाअनुसार चल्नुहुन्छ, तब शंकाहरू सधैँ उत्पन्न हुन्छन् । तपाईंका भावनाहरू मौसम जस्तै छन्† तिनीहरू निरन्तर बदलिरहन्छन् । शैतानले पनि तपाईंलाई यसो भन्न कोसिस गर्नेछ कि मुक्ति अन्य मानिसहरूको लागि त ठिक छ, तर यसले तपाईंको लागिचाहिँ छैन । बाइबलले शैतानलाई ‘झूटो’ (यूहन्ना ८:४४) भन्दछ । पावल लेख्छन्, ‘किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ’ (२ तिमोथी १:१२) । पुराना समयकाहरूले यस्तो गवाही दिन्थे, ‘म परमेश्वरलाई उहाँको उद्धार गर्ने र बचाइराख्ने शक्तिको लागि धन्यवाद दिन्छु ।’ तपाईं आफ्नो मुक्ति कायम राख्दैहुनुहुन्न† तपाईंका मुक्तिदाताले तपाईंलाई सुरक्षित राखिरहनुभएको छ ¤ त्यसैले जब तपाईंको विश्वास डगमगाउँछ, रोकिनुहोस् र यस्तो प्रार्थना गर्नुहोस्ः ‘हे प्रभु येशू, मैले तपाईंमा मेरो भरोसा राखेको छु । तपाईंको वचनले भन्छ कि म जान्न सक्छु कि मसँग अनन्त जीवन छ । यो मैले असल वा योग्य महसुस गर्ने कुरा होइन, तर तपाईं योग्य हुनुहुन्छ भनेर विश्वास गर्ने कुरा हो । त्यसैले म तपाईंमा मेरो भरोसा राख्दछु, तपाईंको वचनमा विश्वास गर्ने छनोट गर्छु र मेरा शंकाहरूलाई इन्कार गर्दछु ।’यसरी तपाईंले आफ्ने मुक्तिको निश्चयता कायम राख्न सक्नुहुनेछ ।
आत्मिक भोजनः तितस १–३ मत्ती १३:२४–३५ भजन १४५:१–१३ हितोपदेश ४:२०–२२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


