‘परमप्रभु यसो भन्नुहुन्छः यो बेँसीमा खाल्डै–खाल्डा बनाओ ।’ —२ राजा ३:१६
पर्खने मानिसहरूकहाँ सबै थोक आउँदैन तर तयारी गर्ने मानिसहरूकहाँ आउँछन् । २ राजा अध्याय ३ मा यसको ठूलो दृष्टान्त छ । मोआबीहरूलाई परास्त गर्ने परमेश्वरको रणनीतिको एक भागको रूपमा, परमेश्वरले इस्राएलीहरूलाई एउटा खाडल खन्न भन्नुभयो र त्यो शक्तिशाली नदी नबनेसम्म उहाँले त्यसलाई पानीले भर्नुभयो । तिनीहरूले त्यसै गरे, अनि परिणाम स्वरूप तिनीहरूले भव्य विजय अनुभव गरे । तर यहाँ मुख्य कुरा बुभ्mनुहोस् । परमेश्वरले भन्नुभयो, ‘तिमीहरूले खाल्डाहरू खनेपछि म पानीले भरिदिनेछु ¤’ (पद १७ हेर्नुहोस्) । परमेश्वरले कसैलाई पनि प्रयोग गर्न सक्नुहुन्छ, तर उहाँले त्यसो गर्नुहुन्न† उहाँले तयार मानिसहरू प्रयोग गर्नुहुन्छ । मोशा १२० वर्षसम्म बाँचे । उनको सुरुका चालीस वर्ष दरवारमा बिते, दोस्रो चालीस वर्ष उजाडस्थानमा बिते र अन्तिम चालीस वर्ष परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गर्नमा बिते । त्यसरी उनको जीवनको दुई तिहाई तयारीमा बित्यो ¤ तपाईं तयार हुनुहुन्न भने के हुन्छ ? हुनेछैनन् भनी तपाईंले आशा गरेका कुराहरू हुनेछन् । अक्सर जीत र हार बिचको विभाजन रेखा तयारी हो ¤ ‘तारा झारिदिन्छ’ भनी गीत गाउँदैमा तपाईंको सपना साकार हुँँदैन– तपाईंले आफैँलाई तयार पार्नुपर्छ ¤ पावलको सेवाकार्य यी शब्दहरूसाथ सुरु हुन्छ, ‘प्रभु, मैले के गरेको तपाईं चाहनुहुन्छ ?’ (प्रेरित ९:६) । जहाँदेखि परमेश्वरले उनलाई सिकाउन र सेवाकार्यको लागि उनलाई तयार पार्न उनलाई तीन वर्षसम्म मरुभूमिमा लैजानुहुन्छ । तपाईंको पेशा धार्मिक क्षेत्रसँग सम्बन्धित होस् वा अन्य क्षेत्रसँग, तपाईंले समय, प्रयास र श्रोतसाधनको सन्दर्भमा कति मूल्य चुकाउनुपर्छ भन्ने कुरा थाहा पाउनुपर्नेहुन्छ र त्यसको लागि तयारी गर्नुपर्छ । ‘बुद्धिले घर बनाइन्छ र सुझबुझले त्यो स्थापित हुन्छ’ (हितोपदेश २४: ३) । त्यसकारण तपाईंको लागि आजको वचन हो– आफैलाई तयार पार्नुहोस् ।
आत्मिक भोजनः हिब्रू १–४ मत्ती १३:३६–४६ भजन १४५:१४–२१ हितोपदेश ४:२३–२४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


