आफ्नाछोराछोरीलाई ख्रीष्टमा डो¥याउनुहोस्

Oct 3, 2024

‘अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए ।’ —उत्पत्ति २५:५

अब्राहामले इसहाकलाई दुई वटा कुरा दिएः आफ्नो भौतिक सम्पत्ति र ईश्वरीय उदाहरण । उनले तिनलाई के दिन सकेनन् ? परमेश्वरसँग एक व्यक्तिगत अनुभव । तपाईंका छोराछोरी आफैले परमेश्वरको अनुभव गर्नुपर्छ । परमेश्वरसँग इसहाकको भेट तब भयो जब तिनको जीवनमा संकष्ट आयो । ‘परमप्रभु…तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ । नडरा, किनभने म तँसँग छु । म तँलाई आशिष् दिनेछु ।” तब इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे’ (उत्पत्ति २६:२४–२५) । पास्टर चार्ली सेडले विद्यालयमा एउटा सानो केटाको कथा सुनाए जसलाई ‘म कसरी जन्मिएँ ?’ भन्ने विषयमा निबन्ध लेख्न भनिएको थियो । जब उसले आमालाई उसको जन्म कसरी भएको थियो भनी सोध्यो, तिनले जवाफ दिइन्, ‘तिमीलाई सारसले ल्याएको थियो ।’ जब उसले तिनको चाहिँ जन्म कसरी भएको थियो भनेर सोध्यो, ती आमाले जवाफ दिइन्, ‘मलाई पनि सारसले ल्याएको थियो ।’ हजुरआमाले त उसलाई मदत गर्नुहुनेछ भन्ने आशामा, उसले तिनलाई पनि त्यही प्रश्न सोध्यो । तिनले पनि उही जवाफ दिइन्, ‘हाम्रो परिवारमा यस्तै परम्परा छः मलाई पनि सारसले ल्याएको थियो ¤’ त्यसैले, उसले आफ्नो निबन्ध यी शब्दसाथ सुरु ग¥योः ‘यस परिवारमा तीन पुस्तादेखि साधारण जन्म भएको छैन ¤’ वास्तवमै, तपाईंका छोराछोरीहरू परमेश्वरको उद्धार गरिएको परिवारको हिस्सा बन्नका लागि फेरि जन्मनु पर्छ, असाधारण वा अलौकिक रूपमा जन्मनुपर्छ । अनि तिनीहरू सानैमा तपाईंले तिनीहरूलाई ख्रीष्टमा लैजाने प्रयास गर्नुपर्छ, र मात्र तिनीहरूको सोचलाई सही रूपमा आकार दिन सकिन्छ । यदि तपाईंका बच्चाहरू हुर्किसकेका छन् भने, धेरै ढिलो भएको छैन । ‘परमप्रभु यसो भन्नुहुन्छ, “रोदनको सोर रोक्, आँखाबाट आँसु नखसाल्, किनकि तिमीहरूको कामको इनाम पाइनेछ,” परमप्रभु भन्नुहुन्छ, “तिनीहरू शत्रुको देशदेखि फर्केर आउनेछन् । यसरी तेरो भविष्यको आशा छ । तेरा छोराछोरीहरू तिनीहरूको आÇनै देशमा फर्किआउनेछन्’ (यर्मिया ३१:१६–१७) । यसकारण आफ्नाछोराछोरीलाई सानै उमेरमा ख्रीष्टमा डो¥याउनुहोस् ।

आत्मिक भोजनः गन्ती २९:१–६ मत्ती २४ प्रकाश ११:१५–१९ १ कोरिन्थी १५:५०–५८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...