आफ्ना छोराछोरीका लागि प्रार्थना गरिरहनुहोस्

Nov 30, 2024

‘बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन ।’ —हितोपदेश २२:६

आफ्ना छोराछोरीका लागि प्रार्थना गरिरहनुहोस्उडन्ता पुत्र अन्ततः घर फर्कियो र परिवारमा आफ्नो ठाउँमा पुनस्र्थापित गरियो । जब उसले सबैकुरा गुमायो र सुँगुर चराउनुपर्ने अवस्थामा पुग्यो, बाइबलले भन्दछ, ‘उसको चेत खुल्यो’ (लूका १५:१७) । आपूmले प्रेम गरेको कसैले दुःख भोगेको हेर्न गाह्रो हुन्छ, तर कहिलेकहीँ तिनीहरू सुध्रनको लागि तलै पुग्नुपर्ने हुन्छ । उडन्ता पुत्रको उध्रने र टुट्ने बिन्दु नै उसको सुध्रने र उठने बिन्दु बन्नपुग्यो । ‘म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले…पाप गरेको छु”’ (पद १८) । ध्यान दिनुहोस् कि उसका बाबु आफ्नो विद्रोही सन्तानप्रति असल अभिभावक थिए । यदि यसले तपाईंलाई वर्णन गर्छ भने, यहाँ तीन वटा असल सल्लाह छन्ः (१) आफैलाई दोष नदिनुहोस् । (२) आफ्नो शक्तिको स्थितिबाट आफ्ना छोराछोरीको कमजोरीको न्याय नगर्नुहोस् । तिनीहरूले देख्न सक्दैनन्, किनकि तिनीहरू आत्मिक रूपमा दृष्टिविहीन र बेसमझका छन् । तर परमेश्वरले तिनीहरूको आँखा खोल्न सक्नुहुन्छ । येशूले भन्नुभयो, ‘पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन’ (यूहन्ना ६:४४) । तपाईं प्रार्थना गर्नुहोस् र खिच्ने काम परमेश्वरलाई दिनुहोस् । (३) आफ्नो ह्दय र ढोका खुला राख्नुहोस् । जब उडन्ता पुत्र अन्ततः होशमा आयो, कहाँ जानुपर्छ भन्ने कुरा उसलाई थाहा थियोः उसलाई प्रेम गर्ने पिताकहाँ घर फर्कनु । तपाईंले आफ्ना छोराछोरीलाई तिनीहरूको कार्यको नतिजाबाट बचाउन सक्नुहुन्न, अनि सायद तपाईंले तिनीहरूको पीडालाई पनि कम गर्न सक्नुहुन्न । तर यदि तपाईंले प्रार्थना गर्नुहुन्छ, तपाईंको ह्दय र तपाईंको ढोका खुला राख्नुहुन्छ भने, परमेश्वरले तिनीहरूलाई फिर्ता ल्याउन सक्नुहुन्छ । ‘बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन ।’ त्यो एउटा यस्तो प्रतिज्ञा हो जसमा तपाईं आज खडा हुन सक्नुहुन्छ ।यसकारण तपाईंका सन्तान बरालिएका छन् भने पनि निराश नहुनुहोस्, बरु तिनीहरूका लागि प्रार्थना गरिरहनुहोस् ।

आत्मिक भोजनः उत्पत्ति २४:१–२५:१८ यूहन्ना १४:१५–२५ भजन ११८:१९–२९ हितोपदेश ३१:१४–१७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...