‘हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु ।’ —भजन ३४:११
स्मिथसोनियन नामक पत्रिकाले एक पटक साइमन भेरिटी नामक ढुंगाका सिद्ध कारिगरको बारेमा समाचार छाप्यो । उनले ग्रेट ब्रिटेनका तेह«ौं शताब्दीका क्याथेड्रलहरू मरमत सम्भार गरेर पुनःस्थापित गरे । उनले काम गरेको देख्दा, त्यो समाचारका लेखकहरूले केही रोचक कुरा देखे । ‘भेरिटीले आफ्नो होसियार प्रहारमुनि ढुंगाको ध्वनी ध्यान दिएर सुन्छन् । ठोस ध्वनी आयो भने सबै ठिक थियो । ट्वांग गरेर तिखो आवाज आयो भने त्यसको अर्थ समस्या हुन सक्थ्यो । चट्टानको टुक्रा फुट्न सक्थ्यो । भर्खरै कुँदिएको सतहमा आफ्नो हात चलाउन बारम्बार रोकिँदै उनले लगातार ढुंगा काट्ने छिनोको कोण र मार्तोलको बललाई ढुंगाबाट आउने आवाजअनुसार समायोजन गर्थे ।’ भेरिटीले आफ्नो कामको महत्व बुझेका थिए । उनलाई थाहा थियो कि एउटा मात्रै गलत चाल पनि विनाशकारी हुन सक्थ्यो जसले उनको कलाको कामलाई अपूरणीय क्षति पु¥याउनेथियो । उनको सफलता उनको ढुंगाले दिने संकेतहरू पढ्न सक्ने क्षमतामा आधारित थियो । यदि तपाईं आमाबाबु वा बालबालिकासँग काम गर्ने व्यक्ति हुनुहुन्छ भने, तपाईंले विशेषगरी अनुशासन र मार्गदर्शनको समयमा उनीहरूको कुरा सुनेर आफ्ना सीपहरू सुधार्नु आवश्यक छ । बालबालिकाको प्रतिक्रियाको अर्थ बुभ्mन धेरै धैर्य र संवेदनशीलता चाहिन्छ तर यदि तपाईंले ध्यान दिएर सुन्नुभयो भने, तिनीहरूले के सोचिरहेका छन् अनि महसुस गरिरहेका छन् भनी तपाईंलाई बताउनेछन् । अनि परमेश्वरले तपाईंलाई यसो गर्न मदत गर्नुहुनेछः ‘थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ’ (यशैया ५०:४) । बालबालिकाको विकासको क्रममा प्रत्येक परिवर्तनशील मौसमले विभिन्न प्रश्नहरू खडा गर्छ जसले भिन्नभिन्न उत्तरहरूको माग गर्छ । सही जवाफ पाउनको लागि तपाईं उनीहरूले त्यो समयमा सोधेको प्रश्नमा केन्द्रित हुनुपर्छ । तपाईंले उनीहरूलाई त्यतिबेला आवश्यक पर्ने ज्ञान मात्र प्रदान गर्नुहुनेछैन, तपाईंले उनीहरूलाई उनीहरूका आफ्नै छोराछोरीहरूसँग पनि कसरी त्यसो गर्ने भनी सिकाउनुहुनेछ ।यसकारण आफ्ना छोराछोरीले के भन्दैछन्, ध्यान दिएर सुन्नु धेरै महत्वपूर्ण छ ।
आत्मिक भोजनः फिलिप्पी १–४ मत्ती ६:९–१८ भजन ७९ हितोपदेश २:९–१०
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



