‘मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख । ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ ।’ —व्यवस्था ६:६–७
तपाईं आमाबाबु हुनुहुन्छ भने के आफ्ना छोराछोरीलाई समस्याबाट टाढा राख्नको लागि ताला चाबी लगाएर सुरक्षित राख्न खोज्दै हुनुहुन्छ ? त्यसले काम गर्दैन । तपाईंले उनीहरूलाई समस्याबाट टाढा राख्नुभएको होइन, तपाईं त्यसलाई पछिसार्नु भएको मात्रै हो । निषेधाज्ञा, पोशाकका नियम, इन्टरनेट प्रयोग र उनीहरूका साथीभाइहरू के कस्ता छन् भनी जाँच गर्ने जस्ता कुराहरू असल अभिभावककै जिम्मेवारी हुन् । तर जब तपाईं उनीहरूलाई मार्गदर्शन गर्न त्यहाँ हुनुहुन्न, उनीहरूलाई जिउनका लागि ठोस सिद्धान्तहरू चाहिन्छन् । अनि ती सिद्धान्तहरू परमेश्वरको वचनमा पाइन्छन्ः ‘मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख । ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ । घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर । ती आफ्ना हातमा चिन्हको लागि कसिराख । ती तिमीहरूको निधारमा बाँधिराख । ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख’ (पद ६–९) । के यो चाखलाग्दो छैन कि प्रत्येक पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई कसरी पुरातन भनेर कसरी हेर्छ ? र त्यो सबै खराब छैन । हरेक पुस्ताले विश्वास गर्छ कि त्यहाँ काम गर्ने अझै उत्तम तरिका हो र ती प्रगतिको लागि आधार पनि हो । त्यसैकारण त न्यू योर्क शहरदेखि लस एन्जलस पुग्न पानीजहाजबाट तीन हप्ताको सट्टा हवाईजहाजबाट सात घण्टा मात्रै लाग्छ । परमेश्वरको वचन सबै जाँच पार गरेर आउन सक्षम छ । त्यसकारण उनीहरूलाई चुप लगाउनुको सट्टा, आफ्ना बालबालिकालाई प्रश्नहरू सोध्न र अँगालिएका धारणाहरूलाई चुनौती दिन निमन्त्रणा दिनुहोस्, त्यसपछि उनीहरूलाई जिउनको लागि ठोस धर्मशास्त्रीय निश्चयतामा पुग्न मदत गर्नुहोस् । बालबालिकाको अभिभावकका रूपमा तपाईंले उनीहरूलाई दिन सक्ने त्योभन्दा ठूलो कुनै उपहार छैन ।बालबालिकालाई बाइबलसँग परिचित गराउनु नै उनीहरूलाई जिउनका लागि आवश्यक निश्चयता उपलब्ध गराउने उत्तम उपाय हो ।
आत्मिक भोजनः यर्मिया ५१–५२ मर्कूस २:२३–२८ भजन ५०:१६–२३ हितोपदेश १०:११–१३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


