आफ्नै सल्लाहमा ध्यान दिनुहोस ।

Feb 2, 2024

‘हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे ।’ —हितोपदेश ५:१

सोलोमनले आफ्ना छोरालाई यसो भनेः ‘हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे…व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ र त्यसको बोलीचाहिँ तेलभन्दा चिप्लो हुन्छ । तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे…त्यस्ती स्त्रीदेखि टाढा बस, त्यसको घरको ढोका नजिक नजाओ । नत्रता तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ । विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चैन गर्नेछन् र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ । तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें र सुधार र हप्कीलाई मेरो ह्दयबाटै लत्याएँ । म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु र सारा समुदायको सामु निन्दित भएको छु”’ (पद १, ३–४, ८–१०, १२, १४) । असल सल्लाह पालन गर्नुभन्दा दिनु सधैँ सजिलो हुन्छ । सोलोमनको जीवनले यो प्रमाणित गर्छ । उनले हामीलाई बारम्बार र निकै निश्चयतासाथ बताउँछन् कि मूर्खहरू मात्र व्यभिचारमा फस्छन् । तापनि उनी धेरै पत्नीहरू लिनेबारे आफ्नै सल्लाह र परमेश्वरको स्पष्ट चेताउनीलाई गम्भीरतापूर्वक लिन असफल भएः ‘तिनले आफ्नो लागि धेरै पत्नीहरू जम्मा नगरून् नत्रता तिनको मन बरालिनेछ’ (व्यवस्था १७:१७) । सोलोमनले सात सय स्त्रीहरू विवाह गरे । अनि परिणाम के भयो ? ‘तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ फर्काइदिए र तिनी सम्पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरका भक्त भएनन्’ (१ राजा ११:४) । यहाँ एउटा चाखलाग्दो प्रश्न छः के सोलोमनले यो खास विषयको बारेमा यति धेरै भन्नुको कारण उनको आफ्नै जीवनमा यो संघर्ष गर्नुपरेको र जोखिमको क्षेत्र थियो ? कहिलेकहिँ अगुवाहरूले त्यसो गर्छन्ः उनीहरूले आफ्नै जीवनमा देखेका कमजोरीहरूको विरुद्धमा बोल्छन् । एउटा कुरा निश्चित छः यदि सोलोमनले आफ्नो छोरालाई दिएको सल्लाह पालन गरेका भए उनको जीवन कथा धेरै भिन्न हुने थियो । त्यसकारण तपाईंको लागि आजको वचन छ— तपाईंको आफ्नै सल्लाहमा ध्यान दिनुहोस् ।

आत्मिक भोजनः गन्ती १४–१५, मत्ती १०:३२–४२ भजन १०७:२३–३२, हितोपदेश ३:२५–२६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...