आफ्नो उत्तम संस्करण बन्नुहोस्

Oct 21, 2024

‘तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ ।’ —अय्यूब ८:७

तपाईं जे बन्न सम्भव छ त्यो नै तपाईंको व्यक्तिगत सम्भाव्यता हो – तपाईं बन्न सक्नुहुने व्यक्ति । सुरुदेखि नै अन्त्य देख्नुहुने परमेश्वरले तपाईंको सम्भाव्यता जान्नुहुन्छ र त्यसमा पुग्न तपाईंलाई मदत गर्नुहुन्छ । तर तपाईंले खेल्नुपर्ने एउटा भूमिका छ । तपाईंले विकासको चाहना गर्नुपर्छ र प्रत्येक दिन आफूलाई यसमा प्रतिबद्ध तुल्याउनुपर्छ । वृद्धि कहिल्यै समाप्त नहुने मार्ग होः ‘तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्’ (भजन ८४:७) । जसरी तपाईंको डिएनए अर्थात् आनुवांशिकी अरू हरेक व्यक्तिको भन्दा फरक हुन्छ, त्यसरी नै तपाईंको व्यक्तिगत विकासको बाटो पनि अरूको भन्दा भिन्न हुन्छ । आफ्नो ईश्वर प्रदत्त उद्देश्य पत्ता लगाउन, तपाईं आत्मिक चेतनामा वृद्धि हुनुपर्छ । असल व्यक्ति बन्नको लागि, तपाईं चरित्रमा पनि वृद्धि हुनुपर्छ । आफ्नो पेशामा प्रगति गर्न, तपाईंले आफ्नो सीप विकास गर्नुपर्छ । असल जीवनसाथी वा अभिभावक बन्नको लागि, तपाईं आफ्नो सम्बन्ध कौशलमा वृद्धि हुनुपर्छ । आफ्नो आर्थिक लक्ष्य प्राप्त गर्न, तपाईंले रुपैयाँपैसाले कसरी काम गर्छ भन्ने बारे आफ्नो बुझाइमा वृद्धि गर्नुपर्छ । विकासका पक्षहरू व्यक्तिपिच्छे फरक हुन्छन्, तर सिद्धान्तहरू प्रत्येक व्यक्तिका लागि समान हुन्छन् । अनि यदि तपाईं वृद्धिको बारेमा गम्भीर हुनुहुन्छ भने, तपाईंले आफ्नो दिनचर्यामा के सिक्दै हुनुहुन्छ त्यसलाई दैनिक जीवनमा समावेश गर्नुपर्छ । तपाईंले आफ्नो जीवन तबसम्म परिवर्तन गर्न सक्नुहुन्न जबसम्म तपाईंले हरेक दिन गर्नुहुने काममा केही परिवर्तन गर्नुहुन्न । जब ज्ञान अनुभव बन्छ तब मात्रै हाम्रो वृद्धि हुन्छ । यसैकारण वृद्धिको दैनिकी सृजना गर्नु धेरै महत्त्वपूर्ण छ । यसले तपाईं कति टाढा पुग्नुभएको छ, तपाईंले के सिक्नुभयो, तपाईं कतिसम्म परिवर्तन हुनुभयो, र तपाईं कति टाढा जानुपर्छ भन्ने कुरा बुभ्mन सहायता गर्छ । यदि तपाईं धेरै वर्षसम्म दैनिक सिक्ने र वृद्धि हुने काम गरिरहनुहुन्छ भने, त्यसले तपाईंलाई कति परसम्म लैजानेछ भन्ने कुरामा तपाईं छक्क पर्नुहुनेछ । ‘तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ ।’यसकारण तपाई आफ्नो जीवनको उत्तम संस्करण बन्न चाहनुहुन्छ भने आफ्नो सम्बन्ध कौशलतामा वृद्वि हुनुहोस् ।

आत्मिक भोजनः प्रस्थान ३६–३८ यूहन्ना ४:३९–५४ भजन ८७ हितोपदेश २७:४–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...