‘तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ ।’ —अय्यूब ८:७
तपाईं जे बन्न सम्भव छ त्यो नै तपाईंको व्यक्तिगत सम्भाव्यता हो – तपाईं बन्न सक्नुहुने व्यक्ति । सुरुदेखि नै अन्त्य देख्नुहुने परमेश्वरले तपाईंको सम्भाव्यता जान्नुहुन्छ र त्यसमा पुग्न तपाईंलाई मदत गर्नुहुन्छ । तर तपाईंले खेल्नुपर्ने एउटा भूमिका छ । तपाईंले विकासको चाहना गर्नुपर्छ र प्रत्येक दिन आफूलाई यसमा प्रतिबद्ध तुल्याउनुपर्छ । वृद्धि कहिल्यै समाप्त नहुने मार्ग होः ‘तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्’ (भजन ८४:७) । जसरी तपाईंको डिएनए अर्थात् आनुवांशिकी अरू हरेक व्यक्तिको भन्दा फरक हुन्छ, त्यसरी नै तपाईंको व्यक्तिगत विकासको बाटो पनि अरूको भन्दा भिन्न हुन्छ । आफ्नो ईश्वर प्रदत्त उद्देश्य पत्ता लगाउन, तपाईं आत्मिक चेतनामा वृद्धि हुनुपर्छ । असल व्यक्ति बन्नको लागि, तपाईं चरित्रमा पनि वृद्धि हुनुपर्छ । आफ्नो पेशामा प्रगति गर्न, तपाईंले आफ्नो सीप विकास गर्नुपर्छ । असल जीवनसाथी वा अभिभावक बन्नको लागि, तपाईं आफ्नो सम्बन्ध कौशलमा वृद्धि हुनुपर्छ । आफ्नो आर्थिक लक्ष्य प्राप्त गर्न, तपाईंले रुपैयाँपैसाले कसरी काम गर्छ भन्ने बारे आफ्नो बुझाइमा वृद्धि गर्नुपर्छ । विकासका पक्षहरू व्यक्तिपिच्छे फरक हुन्छन्, तर सिद्धान्तहरू प्रत्येक व्यक्तिका लागि समान हुन्छन् । अनि यदि तपाईं वृद्धिको बारेमा गम्भीर हुनुहुन्छ भने, तपाईंले आफ्नो दिनचर्यामा के सिक्दै हुनुहुन्छ त्यसलाई दैनिक जीवनमा समावेश गर्नुपर्छ । तपाईंले आफ्नो जीवन तबसम्म परिवर्तन गर्न सक्नुहुन्न जबसम्म तपाईंले हरेक दिन गर्नुहुने काममा केही परिवर्तन गर्नुहुन्न । जब ज्ञान अनुभव बन्छ तब मात्रै हाम्रो वृद्धि हुन्छ । यसैकारण वृद्धिको दैनिकी सृजना गर्नु धेरै महत्त्वपूर्ण छ । यसले तपाईं कति टाढा पुग्नुभएको छ, तपाईंले के सिक्नुभयो, तपाईं कतिसम्म परिवर्तन हुनुभयो, र तपाईं कति टाढा जानुपर्छ भन्ने कुरा बुभ्mन सहायता गर्छ । यदि तपाईं धेरै वर्षसम्म दैनिक सिक्ने र वृद्धि हुने काम गरिरहनुहुन्छ भने, त्यसले तपाईंलाई कति परसम्म लैजानेछ भन्ने कुरामा तपाईं छक्क पर्नुहुनेछ । ‘तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ ।’यसकारण तपाई आफ्नो जीवनको उत्तम संस्करण बन्न चाहनुहुन्छ भने आफ्नो सम्बन्ध कौशलतामा वृद्वि हुनुहोस् ।
आत्मिक भोजनः प्रस्थान ३६–३८ यूहन्ना ४:३९–५४ भजन ८७ हितोपदेश २७:४–६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



