आफ्नो चिन्ता परमेश्वरलाई सुम्पनुहोस्

Jan 31, 2024

‘परमेश्वरको शान्तिले तिमीहरूका ह्दय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ ।’ —फिलिप्पी ४:७

जब तपाईं चिन्तित महसुस गर्नुहुन्छ र डराउनुहुन्छ, तपाईंले गर्नुपर्ने दुई वटा कुरा यहाँ छन्ः १) एक जना ‘विश्वासी मित्र’ पत्ता लगाउनुहोस् । जब चिन्ताले तपाईंको मनलाई गाँज्छ, चिन्ताको लहरलाई तोड्ने सबैभन्दा शक्तिशाली तरिकामध्ये एक चाहिँ ‘विश्वासी मित्र’ लाई आफ्नो चिन्ता खुलस्त पार्नु हो । इस्राएलीहरू प्रतिज्ञा गरिएको भूमि कब्जा गर्न जाँदा परमेश्वरले तिनीहरूलाई यसो भन्नुभयोः ‘यहाँ कोही डरपोक र कातर छ भने, त्यो आफ्नो घर फर्कोस् । किनभने त्यसको कारणले त्यसका दाजुभाइहरूले हरेस खानेछन्’ (व्यवस्था २०:८) । निराशावाद, डर र निरुत्साह संक्रामक हुन्छन् । अनि साहस पनि त्यस्तै हुन्छ ¤ २) कदम चाल्नुहोस् र आफ्नो डरको सामना गर्नुहोस् । परमेश्वरले कसरी तपाईंको वास्ता गर्नुहुन्छ भन्ने बारेका प्रवचनहरू मात्रै तपाईंको जीवनबाट चिन्ता हटाउन पर्याप्त छैनन् । तपाईंले कतिपय कामहरू गर्नैपर्छ, जस्तै कि विश्वासमा कदम चाल्नु । तपाईंको शिरबाट तपाईंको शरीरको बाँकी भागसम्म परमेश्वरको शान्ति प्राप्त गर्ने तरिका भनेको उहाँमा यतिसम्म विश्वास गर्नु हो जहाँ तपाईंले आफ्नो डरको सिधै सामना गर्न सक्नुहुन्छ । त्यसकारण, यो कुरा ध्यानमा राख्दैः (क) भजन २३ जस्ता खण्डहरूमा मनन गर्नुहोस्ý प्रभुले तपाईंलाई गोठालालेझैं हरिया खर्कहरूहुँदो र शान्त पानीको छेउमा डो¥याउनुभएको कल्पना गर्नुहोस् । (ख) चिन्ताले तपाईंको दिमागमा डेरा जमाउने अवसर पाउनुभन्दा पहिल्यै आफ्नो ‘विश्वासी मित्र’ सँग कुरो गर्नुहोस् । (ग) ‘छोटो एकै सासमा सकिने प्रार्थना’ प्रयोग गर्नुहोस् जस्तै, ‘हे परमेश्वर, म तपाईंमा मेरा सबै फिक्री सुम्पँदैछु ।’ (घ) व्यायाम गर्नुहोस् । शारीरिक व्यायाम अतिरिक्त एड्रेनालाइन निर्माण हुनबाट रोक्ने उत्तम तरिकाहरूमध्ये एक हो । (ङ) आफ्नो डर पहिचान गर्नुहोस् र यसको सामना गर्न सानो भए पनि कदम चाल्नुहोस्, अनि (च) पर्याप्त विश्राम लिनुहोस् । दाऊदले भनेका छन्, ‘शान्तिमा म पल्टनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ’ (भजन ४:८) ।यसकारण आज आफ्नो चिन्ता परमेश्वरलाई सुम्पनुहोस् ¤

आत्मिक भोजनः गन्ती ८–१० मत्ती १०:११–२० ल भजन १०७:१०–१६ हितोपदेश ३:१९–२०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...