‘लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ ।’ —हितोपदेश २१:५
जागिरमा सुरक्षाको लागि तपाईंले यी काम गर्नुपर्छः (१) आफूलाई सक्दो धेरै अपरिहार्य बनाउने प्रयास गर्नुहोस् । ‘लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ । झूटो जिब्रोले आफ्नो भाग्य सुधार्नुचाहिँ उडिजाने कुइरो र घातक पासो हो’ (पद ५–६) । आफ्नो जिम्मेवारी क्षेत्रभन्दा बाहिरका प्रक्रियाहरू र प्रक्रियाहरूको बारेमा सकेसम्म धेरै सिक्दै गर्दा आफ्नो काममा इमान्दारी र उत्कृष्ठताको लागि प्रयत्न गर्नुहोस् । अरूलाई मदत गर्न तयार हुनुहोस्, तर आफ्नै प्रभावकारितालाई बलिदान गरेरचाहिँ होइन । (२) यदि तपाईंको जागिर गुमाउने डर तपाईंको हाकिमसँग व्यक्तित्वको टकरावबाट उत्पन्न हुन्छ भने, अख्तियार र अधीनताको बाइबलीय सिद्धान्तलाई अँगाल्नुहोस् । जिम्मेवार व्यक्तिकहाँ दायित्व रहन्छ । तसर्थ, कुनै कुरा अवैध वा अनैतिक छैन भने त्यो काम गर्न प्रतिबद्ध हुनुहोस् । सम्भव भएसम्म, सम्भावित नतिजाबारे तपाईंको प्रतिक्रिया सहित, फलो–अप इमेल वा कुनै प्रकारको सञ्चारद्वारा आफ्नो हाकिमका निर्देशनहरू पुष्टि गर्नुहोस् । सधैँ आदरपूर्वक बोल्नुहोस् । भनिएकोभन्दा थप काम गर्न इच्छुक हुनुहोस् । कमसल कामको लागि बहाना नबनाउनुहोस् वा त्यसलाई ढाक्ने कोसिस नगर्नुहोस् । आफ्नो मालिकसँग मिलेर जानु महŒवपूर्ण छ, त्यसकारण त्यसलाई तपाईंको विशेष परियोजना बनाउनुहोस् । ‘कमाराहरूलाई पनि आ–आफ्ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्ना मालिकहरूलाई सन्तुष्ट तुल्याउने आदेश देऊ र तिनीहरू मुख लाग्ने नहोऊन्’ (तितस २:९) । (३) आफ्नो बजार योग्यता थाहापाउनुहोस् । के तपाईं आफ्ना सिपको बलियो माग भएको क्षेत्रमा हुनुहुन्छ वा तपाईंले आफ्नो क्षमता अभिवृद्धि गर्नका लागि थप शिक्षा लिनु आवश्यक छ ? यदि तपाईं तलब वृद्धि वा जागिरमा पदोन्नति चाहनुहुन्छ भने, त्यो आर्जन गर्नको लागि आवश्यक समय र प्रयास लगानी गर्न तपाईं तत्पर हुनुपर्छ । ‘अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्’ (हितोपदेश १०:४) ।यसरी आफ्नो क्षमता अभिवृद्धि र सबैसँग मिलेर काम गर्न सक्ने क्षमताले तपाईंको जागिरलाई सुरक्षित र लाभदायी बनाउनेछ ।
आत्मिक भोजनः यर्मिया ३१–३२ मर्कूस १:२९–३४ भजन ७२:१२–२० हितोपदेश ९:७–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024