आफ्नो जागिर सुरिक्षत गर्नु (४)

Apr 10, 2024

‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु ।’ —फिलिप्पी ४:१३

आफ्नो जागिर गुमाउनु विनाशकारी अनुभव हुन सक्छ । हो यस्तै अवस्थामा तपाईंले सही दृष्टिकोण राख्नुपर्छ । आफूसँग थोरै हुनुले तपाईंलाई कम कम महŒवको व्यक्ति बनाउँदैन । परमेश्वरले अझै पनि तपाईंलाई महŒव दिनुहुन्छ, अनि तपाईंले पनि आफैँलाई महŒव दिइरहनुपर्छ । ख्रीष्टियन जीवन कष्ट र विजयको जीवन हो । पावल लेख्छन्ः ‘कसरी होचिने र कसरी बढ्ने म जान्दछु । परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु । जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु’ (पद १२–१३) । बेरोजगार हुँदा तपाईंले के गर्नुपर्छ ? (१) आफ्नो खर्चलाई न्यूनतममा घटाउनुहोस् । यसको अर्थ निजी सवारी साधनको सट्टा बस वा रेल चढ्ने, आफँै खाना बनाउने र लागत बचत गर्ने अन्य उपायहरू प्रयोग गर्ने हो । (२) बेरोजगार हुनुको कलंक हटाइदिनुहोस् । तपाईंले आफ्नो जागिर गुमाउनु भएकाले मानिसहरूले तपाईंलाई कम आँकलन गर्छन् भन्ने नसोच्नुहोस् । मानिसहरूले सामान्यतया तपाईंको अवस्थालाई तपाईंले जस्तै प्रतिक्रिया दिन्छन् । तिनीहरूले तपाईंको अर्को कदमको बारेमा तपाईंको उत्साहलाई प्रेरणादायक पाउनेछन्– त्यो कदम के हो भन्नेबारे तपाईंलाई अझै थाहा नभए तापनि । ‘हामी जान्दछौं उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ’ (रोमी ८:२८) । भ्mयालखानामा परेपछि योसेफ मिश्रदेशका प्रधानमन्त्री बन्नपुगे । ‘तापनि परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन, तर उहाँले त्यो सरापलाई आशिष्मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्छ’ (व्यवस्था २३:५) । परमेश्वरले तपाईं भित्रका प्रतिभा र तपाईंको वरिपरिका सम्पर्कहरू प्रकट गर्न सक्नुहुन्छ अनि तपाईंले सम्भव छ भनी कहिल्यै नसोच्नुभएका आशिष् र सफलताको लागि ढोका खोल्न सक्नुहुन्छ । त्यसकारण जागिर वा पेशामा अहिले तपाईंको परिस्थिति जेजस्तो भए तापनि उहाँमा भरोसा राख्नुहोस् र विश्वास गरिरहनुहोस् कि तपाईंका उत्तम दिनहरू आउँदैछन् ।

आत्मिक भोजनः यर्मिया ३६:२७–४०:१६ मर्कूस १:४०–४५ भजन २५:१–७ हितोपदेश ९:१७–१८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...