आफ्नो जागिर सुरिक्षत गर्नु (१)

Apr 7, 2024

‘आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ ।’ —हितोपदेश १२:११

यदि तपाईं काम गर्नु नपर्ने जीवन उत्तम हो भन्ने सोच्नुहुन्छ भने फेरि सोच्नुहोस् । परमेश्वरले अदनको बगैँचा बनाउनुभयो, त्यसपछि उहाँले आदमलाई सृष्टि गर्नुभयो, त्यसपछि उहाँले आदमलाई भन्नुभयो कि उनको काम त्यसको हेरचाह गर्नु थियो । किन ? किनभने कामले हाम्रो जीवनलाई मर्यादित र अर्थपूर्ण बनाउँदछ । त्यसैकारण त बाइबलले भन्दछ, ‘आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने विनासमझको हुन्छ (पद ११) । अबका केही दिनसम्म, आफ्नो जागिरको सुरक्षा कसरी गर्ने भन्नेबारे चर्चा गरौँ । २०१० मा ब्रिटेनमा बेरोजगारी दर लगभग १० प्रतिशत (लगभग तीस लाख कर्मचारी बेरोजगार) थियो । त्यस्तो तथ्यांक देख्दा हामी धेरै जना किन बेरोजगारीको डरमा किन बाँचिरहेका छौँ भन्ने कुरा बुभ्mन सजिलो हुन्छ । तपाईंको जागिर गुम्ने डर निम्न मुख्य डरहरूमा निहित छ । अभावः ‘मैले आफ्नो दायित्व कसरी पूरा गर्नेछु ?’ अपर्याप्तताः ‘म योग्य छैनँ ।’ असहायपनः ‘अब मैले के गर्ने ?’ एक्लोपनः ‘म मेरो सामाजिक सञ्जालबाट अलग हुनेछु ।’ कसैको लागि, जागिर गुमाउनुको लज्जा र अपमान आम्दानी गुमाउनु जस्तै विनाशकारी हुन्छ । बर्खास्त होइएला भन्नेबारे चिन्ता गर्नु एक स्वयं–पूरा हुने भविष्यवाणी बन्न सक्छ किनभने यसको चिन्ताले तपाईंलाई कम कुशल र कम प्रभावकारी बनाउँछ । त्यसकारण यदि तपाईं निरन्तर आफ्नो जागिर गुमाउने डरमा जिइरहनुभएको छ भने, यो चिन्ता गर्न छोड्ने अनि जागिरमा तपाईंको पकड बलियो बनाउने वा तपाईंलाई जागिरबाट विदा दिइयो भने पनि तपाईंलाई सम्हालिन सहायता गर्ने रणनीति विकास गर्न सुरु गर्ने समय हो । तपाईंको पहिलो र प्रमुख रणनीति परमेश्वरको विश्वासयोग्यतामा भरोसा राख्नु नै हुनुपर्छः ‘तब तिमीहरूका हातका सबै काममा…परमेश्वले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ…उहाँका आज्ञा र विधिहरू पालन ग¥यौ भने र आफ्नो पूरा ह्दयले र आफ्नो पूरा प्राणले परमप्रभु आफ्नाा परमेश्वरतिर तिमीहरू फक्र्यौ भने…परमप्रभु तिमीहरूसँग फेरि प्रसन्न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ’ (व्यवस्था ३०:९–१०) ।यसकारण आफ्नो काममा दक्षता र परिश्रम नै सम्वृद्धिको मार्ग हो ।

आत्मिक भोजनः गलाती ५:२२ यशैया ६१ हिब्रू १२:२ यशैया ३५:३–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...