‘जसले जीवनलाई प्रेम गर्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस् ।’ —१ पत्रुस ३:१०
आफ्नो जिब्रो सही तरिकाले प्रयोग गर्नुहोस्तपाईंको जिब्रोमा रचनात्मक शक्ति छ । त्यसमा शंका लाग्छ भने, कसैको आलोचना गर्नुहोस्, र उसको अनुहार र उसको प्रतिक्रिया हेर्नुहोस् । अब उसको प्रशंसा गर्ने प्रयास गर्नुहोस् र उसको अनुहार र उसको प्रतिक्रिया हेर्नुहोस् । तर तपाईंका शब्दहरूले अरूमा कस्तो प्रभाव पार्छ भन्ने मात्रै चर्चा नगरौँ तर तिनीहरूले तपाईंमा के कस्तो प्रभाव पार्छन भन्ने पनि विचार गरौं । बाइबलले भन्दछ, यदि तपाईंले आफ्नो जिब्रो राम्ररी गर्न प्रयोग गर्नुहुन्छ भने, तपाईंले ‘जीवनको आनन्द लिनुहुनेछ र असल दिनहरू देख्नुहुनेछ ।’ येशूले हामीलाई यसको एउटा सशक्त दृष्टान्त दिनुहुन्छः ‘यदि कसैले आफ्नो ह्दयमा शंका गर्दैन तर आपूmले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई “उखेलिएर तँ समुद्रमा खस्” भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ’ (मर्कूस ११:२३) । येशूले के भन्न खोज्नुभएको थियो ? यही कि तपाईंले आफ्नो समस्याको बारेमा कुरा गर्न सक्नुहुन्छ वा आफ्नो समस्याको बारेमा महान् समस्या समाधानकर्तासँग कुरा गर्न सक्नुहुन्छ । तपाईं यसको बारेमा गुनासो गर्न सक्नुहुन्छ वा प्रार्थना गर्न सक्नुहुन्छ । यसका सबै जटिलताहरूमा ध्यान केन्द्रित गर्दै तपाईंले यसको बारेमा मानव दृष्टिकोणबाट छलफल गर्न सक्नुहुन्छ, वा परिस्थितिहरू परिवर्तन गर्ने परमेश्वरको शक्तिमा ध्यान केन्द्रित गर्दै ईश्वरीय दृष्टिकोणबाट यसको बारेमा छलफल गर्न सक्नुहुन्छ,। ‘समस्या धेरै ठूलो छ, र यसबारे केही गर्न सकिँदैन’ जस्ता कुराहरू गरेर तपाईं आफ्नो निरुत्साह र निराशाको भावनालाई बलियो बनाउन सक्नुहुन्छ । वा तपाईंले त्यो समस्यालाई परमेश्वरकहाँ सुम्पन सक्नुहुन्छ र यसोभन्न सक्नुहुन्छ, ‘उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ’ (एफिसी ३:२०) । जब तपाईंले त्यसो भन्नुहुन्छ, तपाईंले परमेश्वरको वचनको सृजनशील शक्ति मात्र प्रयोग गरिरहनुभएको छैन, तपाईंले आफ्नो जिब्रोलाई सही तरिकाले पनि प्रयोग गरिरहनुभएको छ ।
आत्मिक भोजनः यशैया ५८–६२ यूहन्ना ९:१–१२ भजन १५ हितोपदेश २९:४–६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



