आफ्नो डरलाई मिल्काइदिनुहोस्

Nov 14, 2024

‘प्रेममा डर हुँदैन, तर सिद्ध (पूर्ण, परिपक्व) प्रेमले डरलाई हटाउँछ ।’ —१ यूहन्ना ४:१८

आफ्नो डरलाई मिल्काइदिनुहोस्जब तपाईं सानै हुनुहुन्थ्यो र कुनै खराब शब्द बोल्नुहुन्थ्यो, तपाईंको आमाबाबुले साबुन पानीले तपाईंको मुख धुने धम्की दिनुभएको हुन सक्थ्यो । यदि डर त्यस्तै फोहोर शब्द हो भने, तपाईंको लागि परमेश्वरको निःशर्त प्रेममा विश्वास साबुन जस्तै हो जसले त्यो डरलाई धोइदिन्छ धेरैले घोडाको अगाडि गाडा राख्छन्, अर्थात् उल्टो क्रममा बुभ्mछन् । हामी विश्वास गर्छौं कि परमेश्वरले हामीप्रति उहाँको प्रेमको स्तरमा नभई उहाँप्रति हाम्रो प्रेमको स्तरको आधारमा हामीलाई स्वीकार गर्नुहुन्छ । तर बाइबलले भन्दछ, ‘हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो’ (पद १९) । तपाईंको लागि परमेश्वरको प्रेम तपाईंको काममा आधारित छैन तर तपाईंको निम्ति ख्रीष्टको काममा आधारित छ । जब तपाईं ख्रीष्टमा विश्वास गर्नुहुन्छ, त्यो क्षणदेखि नै परमेश्वरले तपाईंलाई ‘ख्रीष्टमा’ देख्नुहुन्छ (२ कोरिन्थी ५:१७) । के तपाईं जान्न चाहनुहुन्छ कि परमेश्वरले तपाईंलाई यो क्षण र हरेक पल कसरी देख्नुहुन्छ ? ‘उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौँ (१ यूहन्ना ४:१७) । के यसको मतलब तपाईं परमेश्वरको अनाज्ञाकारी र यसबाट टाढा जान सक्नुहुन्छ? यस्तो कुनै मौका छैन ‘किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ…सबै ताडना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ’ (हिब्रू १२:६, ११) । तर परमेश्वरको ताडना भनेको उहाँको इन्कार होइन यो त उहाँको निःशर्त, असीमित, अटल, योग्य नभइएको, र आर्जन नगरिएको प्रेमको प्रमाण हो । तपाईं विजयी हुनुहुँदा परमेश्वरले तपाईंलाई बढी प्रेम गर्नुहुने र तपाईं पराजित हुनुहुँदा कम प्रेम गर्नुहुने होइन । तपाईंको लागि उहाँको प्रेम फरक–फरक वा ढलपल हुँदैन । आज यो सत्यता थाहा पाउनुले तपाईंको विश्वासलाई बलियो बनाउनेछ अनि तपाईंको डरलाई हटाउनेछ

आत्मिक भोजनः रोमी ७:१–९:१६ यूहन्ना १०:११–२१ भजन ८३:१–८ हितोपदेश २९:१९–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...