आफ्नो दर्शनमा विश्वास गर्नुहोस्

Aug 10, 2024

‘तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख् ।’ —हबकूक २:२

तपाईंको जीवनको लागि परमेश्वरसँग योजना छ । धर्मशास्त्रमा, यसलाई कहिलेकहीँ दर्शन भनिएको छ । यसले तपाईंलाई सधैं सही दिशातर्फ देखाउने कम्पासले जस्तै र जीवनका आँधीबेहरीमा तपाईंलाई स्थिर राख्ने लंगरले जस्तै काम गर्छ । परमेश्वरले किन ‘तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्’ भन्नुभयो ? किनभने कहिलेकहीँ, हामी अरूको आलोचनाबाट आफूलाई बचाउनको लागि हाम्रो दर्शनलाई आफ्नोह्दयभित्रै गाड्छौं । डरले हामीलाई हाम्रो दर्शनलाई नदेखिने गरी पर राख्छ ताकि हामीले यसको बारेमा सोच्नु नपरोस् । कहिलेकहीँ हामी हाम्रो दर्शन त्यागिदिन्छौं किनभने यसले धेरै पीडा दिन्छ र यसलाई पक्रिराख्न धेरै मूल्य चुकाउनुपर्छ । तपाईंले के गर्नुपर्छ त ? पहिलो, तपाईंसँग स्पष्ट र आकर्षक दर्शन हुनुपर्छ । दोस्रो, तपाईंले आफ्नो दर्शनलाई सधैं आफ्नो सामु राख्नुपर्छ । आफ्नो परिवारबाट पीडादायी परित्याग र आफ्नो मालिककी पत्नीले भूmटो आरोप लगाएर तेह्र वर्षको गलत जेल सजाय भोगेपछि, बाइबलले भन्दछ, ‘योसेफले उनीहरूका विषयमा आपूmले देखेका सपना सम्झे’ (उत्पत्ति ४२:९) । तेस्रो, तपाईंले याद गर्नुपर्दछ कि परमेश्वरले तपाईंको सपना पूरा हुने समय तोक्नुभएको छः ‘प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ…त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन’ (हबकूक २:३) । तपाईंले सन्तुष्टि र महत्वाकांक्षा बिच सन्तुलन पत्ता लगाउनुपर्छ । पावलले लेखेका छन्, ‘जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु’ (फिलिप्पी ४:११) । आफू त्यस क्षणमा जस्तोसुकै अवस्थामा भए तापनि पावलले आफूलाई कहिल्यै विचलित हुन दिएनन् । उनलाई थाहा थियो कि परमेश्वर सधैं उनको साथमा हुनुहुन्थ्यो, अनि परमेश्वरले उनलाई जहाँ लैजानुहुनेथियो, उनी सधैं त्यसको प्रतीक्षा गरिरहन्थे । त्यसकारण परमेश्वरले तपाईंको भविष्य सुरक्षित रूपमा योजना गर्नुभएको छ भन्ने जानेर आजको दिनमा आनन्द मनाउनुहोस् ।

आत्मिक भोजनः १ इतिहास ७:२०–९:४४ लूका १२:१३–२१ भजन ११९:१७–२४ हितोपदेश २०:२२–२४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...