आफ्नो पति÷पत्नीको कुरा सुन्न सिक्नुहोस्

Jun 6, 2024

‘मानिस एक्लै रहन असल छैन । म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु ।’ —उत्पत्ति २:१८

परमेश्वरले तपाईंको वैवाहिक जीवनसाथीलाई तपाईंका शारीरिक आवश्यकताहरू, तपाईंका भावनात्मक आवश्यकताहरू र तपाईंका कतिपय आत्मिक आवश्यकताहरू समेत पूरा गर्नका लगि सृष्टि गर्नुभयो । आदमले सिद्ध स्वास्थ्य उपभोग गरे, सिद्ध पेशामा काम गरे, अनि सिद्ध वातावरणमा बसोवास गरे । उनी हरेक दिन परमेश्वरसँग हिंडे समेत । तापनि उनी एक्लो र अपूर्ण थिए । त्यसैले परमेश्वरले भन्नुभयो, ‘मानिस एक्लै रहन असल छैन । म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु ।’ ‘सहयोगी’ भन्ने शब्दमा ध्यान दिनुहोस् । परमेश्वरले तपाईंको पति वा पत्नीलाई तपाईंलाई वृद्धि हुन र तपाईंको नियति पूरा गर्न मदत गर्ने उद्देश्यका लागि सृष्टि गर्नुभयो । तपाईंहरूबिच घनिष्ठ शारीरिक, भावनात्मक र आत्मिक बन्धन छ । पृथ्वीमा कसैले पनि तपाईंलाई परमेश्वरले दिनुभएका जीवन साथीभन्दा राम्ररी चिन्नेछैन । तिनी तपाईंको सबैभन्दा घनिष्ठ मित्र, सल्लाहकार र विश्वासपात्र हुनुपर्छ । यसका लागि सञ्चार आवश्यक छ ¤ अनि असल सञ्चारचाहिँ सही प्रश्नहरू सोध्ने र ध्यानपूर्वक उत्तरहरू सुन्नुमा आधारित छ । यसको लागि टिभी, तपाईंको ल्यापटप, आइप्याड र सेल फोन बन्द गर्नुपर्ने हुन्छ । यसको अर्थ, ‘आज तिमीलाई कस्तो छ ?’ भनी सोध्नु, त्यसपछि लुकेका भावनाहरू सतहमा आउन अवसर दिनको लागि पर्याप्त समयसम्म सुन्नु हो । आफ्नो जीवनसाथीको चिन्ता, भावना, डर, आशा र सपना नबुझेसम्म सुन्नुहोस् । सही रूपमा सुन्नुहोस् ताकि तपाईंले तिनका वास्तविक आवश्यकताहरू मूल्यांकन गर्न सक्नुहुन्छ— तपाईंले उत्तम रूपमा पूरा गर्न सक्नुहुने आवश्यकताहरू । तपाईंका प्रश्नहरूले तपाईंको वास्ताको स्तर प्रकट गर्दछन् अनि त्यसमा तपाईंले प्राप्त गर्नुभएका जवाफहरू लामो, सुखी वैवाहिक जीवनको आधार बन्न सक्छन् । वास्तवमा परमेश्वरको मनमा यही कुरा थियो जब उहाँले भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना आमा–बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्’ (पद २४) ।यसकारण सफल वैवाहिक जीवनका लागि आफ्नो वैवाहिक जीवनसाथीको कुरा सुन्न सिक्नुपर्छ ।

आत्मिक भोजनः इजकिएल ५–९ मर्कूस १४:१२–२६ भजन ४ हितोपदेश १४:१७–२०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...