‘परमप्रभुको आनन्द नै तिमीहरूको बल हो ।’ —नहेम्याह ८:१०
जब तपाईंले परमेश्वरमा विश्वास र उहाँको वचनको आज्ञाकारिताको स्थानमा सकारात्मक सोचलाई प्रतिस्थापन गर्नुहुन्छ, तब तपाईं जोखिमपूर्ण भूमिमा हुनुहुन्छ ¤ तर नुहाएको पानीसँगै बच्चालाई पनि नफाल्नुहोस् । एक विश्वासीको रूपमा, तपाईंले आफ्नो मस्तिष्कलाई परमेश्वरमा भरोसा गर्न र उहाँको वचनमा आधारित सकारात्मक विचारहरू सोच्न तालिम दिनुपर्छ । नेदरल्याण्डमा गरिएको एक अध्ययनले देखाएको छ कि आशावादी व्यक्तिहरूको मुटु रिसाउने मानिसहरूको तुलनामा स्वस्थ हुन्छ । आफँैलाई आशावादी भनी बताउने मानिसहरू निराशावादीहरूभन्दा कम दरमा मुटु रोगबाट मरे । येल युनिभर्सिटीका डा. बेका लेवीले एउटा अध्ययन सञ्चालन गरिन् जसले निष्कर्ष निकाल्यो कि ‘वृद्धावस्थाप्रतिको सकारात्मक मनोवृत्ति कम रक्तचाप र कोलेस्ट्रोल जस्ता शारीरिक उपायहरू भन्दा ठूलो थियो,’ जसमध्ये प्रत्येकले व्यक्तिको जीवनमा अधिकतम चार वर्ष थप्छ भन्ने विश्वास गरिन्छ । त्यही अध्ययनले पत्ता लगायो कि आशावादी व्यक्तिहरू सधैँ चिन्ता गर्ने मानिसहरूभन्दा लामो समयसम्म बाँच्छन् र सकारात्मक मनोवृत्तिले व्यायाम वा धुम्रपान नगर्नुभन्दा जीवनमा अझै धेरै वर्ष थप्न सक्छ । मन र शरीरको सम्बन्धलाई पुष्टि गर्दै, सन् २००५ को एसोसिएटेड प्रेसले छापेको लेखले रिपोर्ट गर्यो, ‘नयाँ अनुसन्धानले संकेत गर्छ कि एक पटक अल्जाइमर रोगले कसैलाई प्रमाणित पेनकिलरले मदत गर्नेछ भन्ने आशा गर्ने क्षमता गुमाइदिन्छ, तब त्यो औषधीले त्यति काम गर्दैन ।’ के यो कुरा उल्लेखनीय छैन ? जब मानिसहरूले पेनकिलरले काम गर्छ भन्ने सोच्न सक्षम हुन्छन्, औषधीले मदत गरेको देखिन्छ । हाम्रो मन अचम्मको छ ¤ बाइबलले भन्दछ, ‘परमप्रभुको आनन्द नै तिमीहरूको बल हो ।’ अनि त्यो केवल आत्मिक बल होइन, तर शारीरिक, मानसिक र भावनात्मक बल पनि हो । यदि तपाईं स्वस्थ जीवन बिताउन चाहनुहुन्छ भने, तपाईंसँग स्वस्थ मन हुनुपर्छ, र त्यो नकारात्मक रूपमा होइन तर सकारात्मक रूपमा सोचेर सुरु हुन्छ । त्यसकारण आफ्नो मनलाई सकारात्मक रूपमा सोच्न अव्यस्त बनाउनुहोस् । ।
आत्मिक भोजनः इजकिएल २४:१–२७:२४ मर्कूस १५:२१–३२ भजन १३२:११–१८ हितोपदेश १५:५–७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



