‘जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्नो सारा शरीरमा पनि लगाम लगाउन सक्छ ।’ —याकूब ३:२
बाइबलले जिब्रोका खतराहरूबारे धेरै कुरा बताएको छ । याकूबले यस विषयका लागि पूरै अध्याय समर्पित गरेका छन्ः ‘जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्नो सारा शरीरमा पनि लगाम लगाउन सक्छ ।’ अब आत्मसंयमको बारेमा विचार गर्नुपर्ने एउटा पाटो छ ¤ ग्रीक चिन्तक पब्लियसले भनेका छन्, ‘म आफ्नो बोलीको बारेमा धेरै पटक पछुताएको छु, तर आफ्नो मौनताको बारेमा कहिल्यै पछुताएको छैनँ ।’ अनि उपन्यासकार विलिएम एडवर्ड नोरिसले लेखेका छन्, ‘यदि तपाईं आफ्नो ओठ चिप्लनबाट बचाउनुहुन्छ भने पाँच वटा कुरा सावधानीपूर्वक विचार गर्नुहोस्ः तपाईं कोसँग बोल्नुहुन्छ, कसको बारेमा बोल्नुहुन्छ, र कसरी, अनि कहिले र कहाँ बोल्नुहुन्छ ।’ राजा दाऊदले यो कुरालाई यसरी बताएकाछन्ः ‘म आफ्नो चालचलनमा सावधान रहनेछु, र आफ्नोे जिब्रोलाई पापबाट रोक्नेछु । दुष्टहरू मेरो सामुन्ने रहुञ्जेल म आफ्नोे मुखमा महला लाएर बस्नेछु’ (भजन ३९:१) । यसका लागि यो चाहिन्छ – एउटा महला ¤ दाऊदले तपाईं के भन्नुहुन्छ त्यसको अवलोकन गर्नका लागि सचेत प्रतिबद्धताको बारेमा कुरा गदैछन् र यदि तपाईं यो काम गर्न चाहनुहुन्छ भने, यहाँ तीन वटा सिद्धान्त छन् जसअनुसार तपाईं जिउनु आवश्यक छः (१) पहिले सोच्नुहोस् । तपाईं बोल्नुअगि दस सेकेन्डको लागि रोकिनुहोस् र मानसिक रूपमा आफ्ना शब्दहरूको पूर्वावलोकन गर्नुहोस् । तिनीहरू सटीक छन् कि अतिरञ्जित छन् ? दयालु कि धारिला ? अनावश्यक वा आवश्यक ? कृतज्ञ वा गनगने ? जुन कुरा तपाईंले आज बोल्नुभएको छैन, भोलि तपाईंले त्यो कुरा व्याख्या गर्नु पर्दैन । (२) कम बोल्नुहोस् । धेरै बोल्दा समस्यामा पर्न सक्ने सम्भावना बढ्छ । त्यसैकारण बोलिरहनुपर्ने आदत भएका व्यक्तिहरूलाई मित्रहरू कायम राख्न कठिन हुन्छ । आफ्नो बोलीको ऊर्जा बचत गर्नुहोस् । (३) आजै सुरु गर्नुहोस् । आफ्नो जिब्रोलाई वशमा ल्याउन मदत गर्नको लागि तपाईंले पहिले नै पर्याप्त पढिसक्नुभएको छ । त्यसकारण अब आफ्नो मुखमा त्यो महला राख्नुहोस्– र हेर्नुहोस् यसले तपाईंको जीवनलाई कसरी समृद्ध बनाउँछ ।
आत्मिक भोजनः प्रेरित ८–९ मर्कूस ३:२८–३५ भजन १३० हितोपदेश १०:२४–२६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


