आफ्नो सञ्चार कौशल सुधार गर्न काम गर्नुहोस्

Jan 7, 2024

‘जब बुद्धिमान्लाई जब शिक्षा दिइन्छ, त्यसले ज्ञान पाउँछ ।’ —हितोपदेश २१:११

तपाईंको व्यक्तिगत जीवनमा होस् वा तपाईंको पेशामा, सम्बन्धमा सफलता र खुशीको लागि अरूसँग सञ्चार गर्ने कला सिक्नु आवश्यक छ । तथ्यहरू प्राप्त गर्नुभन्दा बाहेक, सञ्चारले अर्को व्यक्तिको ह्दय र मनको बारेमा केही समझ प्राप्त गर्ने तरिका प्रदान गर्नुपर्छ । अनि असल सञ्चारको लागि अनुवादको खाँचो पर्छ । तपाईंले त्यो अर्को व्यक्तिको भाषा सिक्नुपर्ने हुन्छ अर्थात् उसले के भन्न खोजिरहेको छ बुभ्mनुपर्ने हुन्छ । हामी सबैले उही शब्दहरू प्रयोग गर्छौं, तर प्रेमको सन्दर्भमा हामीसँग आ–आफ्ना अद्वितीय भाषाहरू हुन्छन् । तपाईंले ‘मलाई मेरो लागि यहाँ कसैको खाँचो छ’ भन्नुको अर्थ अर्को व्यक्तिले ‘म तपाईंको लागि यहाँ हुनेछु’ भन्ने नहुन सक्छ । तपाईंले पूर्व अनुमानहरू र गलत प्रक्षेपणहरूबिना उनीहरूको भाषा सिक्नु आवश्यक छ । यस्तो पारस्परिक समझले तपाईंलाई आगामी वर्षहरूमा धेरै सहायता गर्नेछ । यसले तपाईंलाई तिनलाई तपाईंकै अर्को रूपमा मानेर वा उनलाई तपाईंको उत्तम मित्रजस्तै ठानेर व्यवहार गर्नबाट रोक्नेछ । हामी सबैलाई माया गर्नु र माया गरिनु आवश्यक छ, तर हामी आफ्ना अभिव्यक्ति र इच्छाहरू व्यक्त गर्नका लागि सञ्चारका विभिन्न माध्यमहरू प्रयोग गर्छौं । तपाईं दुबै जनाको बुुझाइ एउटै छ भन्ने कुरा सुनिश्चित गर्न शब्दहरूको अर्थ जाँच गर्न र परिभाषाहरू तुलना गर्न नडराउनुहोस् । एक आदरणीय बाइबल शिक्षकले यो कुरालाई यसरी बताएका छन्ः ‘प्रायः मेरो आफ्नो कुराकानीमा म यसो भन्छु, “मैले जे सुनेँ त्यो कुरा म तपाईंलाई बताउनेछु, ताकि तपाईंले त्यो कुरा भन्न खोज्नुभएको हो कि होइन भनी म बुभ्mन सकूँ ।” कति पटक मैले चाहेको भन्दा बिल्कुलै फरक कुरा सुन्दा म छक्क पर्छु ¤’ चिरस्थायी खुशी भौतिक थोकहरूको स्वामित्वबाट प्राप्त हुँदैन, यो त असल सम्बन्धबाट प्राप्त हुन्छ । त्यसकारण, आज आफ्नो सञ्चार कौशल सुधार गर्न काम गर्नुहोस्, किनकि यो लगानीको लायक छ ¤

आत्मिक भोजनः प्रस्थान २०:१–३ व्यवस्था ६:१–९ मर्कूस १२:२८–३४ प्रकाश २:१–७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Influenced by the Message of Hope

We received the following testimonies from the team in Nepal about how people are being influenced and encouraged by the daily devotion. Greetings I...

For Preparing and Saving

For Preparing and Saving

We received the following Testimonies from Tomu who leads UCB Fiji... A PASTORS SERMON I've also received word that a local pastor of a Methodist...

Many Uses One Source

Many Uses One Source

We received the following Testimonies from Tomu who leads UCB Fiji... WOMENS PRAYER GROUP The devotional has inspired countless people who use them...

Enriched by The Word for Today

Enriched by The Word for Today

We received the following testimony from the Message of Hope team in Nepal... My name is Sanjiv Shah, and I am a member of Experiences Church...