आमा, शान्त बन्नुहोस्

Mar 10, 2024

‘…तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु…आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढी नसम्झोस् ।’ —रोमी १२:३

एउटा बुढो, थकित जस्तो देखिने कुकुर डुल्दै एउटी महिलाको बगैंमामा पुग्यो । त्यसलाई हेरेर तिनले थाहा पाइन् कि त्यसो राम्रो घरबाट आएको हो । त्यसले तिनलाई पछ्याउँदै घरभित्रसम्म गयो र तुरुन्तै निदाउनपुग्यो । दुई घण्टापछि, त्यो ढोकातिर गयो र तिनले त्यसलाई बाहिर जान दिइन् । भोलिपल्ट त्यो कुकुर फर्केर आयो, पहिलेको ठाउँमा गयो र केही घण्टा सुत्यो । त्यो क्रम एक सातासम्म चल्यो । जिज्ञासा बढेर ती महिलाले त्यो कुकुरको घाँटीमा यस्तो टिपोट टाँसेर पठाइन्ः ‘हरेक दिउँसो तपाईंको कुकुर मेरो घरमा सुत्न आउँछ ।’ भोलिपल्ट, त्यो कुकुर घाँटीमा अर्को यस्तो टिपोट लिएर आयोः ‘ऊ घरमा दस जना केटाकेटीसँग बस्छ– स्पष्ट छ कि उसलाई केही शान्त समय चाहिन्छ । के म भोलि उसँगै आउन सक्छु ?’ यदि तपाईं आमा हुनुहुन्छ भने, सायद तपाईंले यो कुरा बुभ्mन सक्नुहुन्छ ¤ सिद्ध आमाको बारेमा भ्रम नामक पुस्तकका लेखक कार्ला बार्नहिल लेख्छिन्ः ‘म अब यसो गर्न सक्दिनँ । म उत्कृठ आमा बन्ने प्रयास जारी राख्न सक्दिनँ । पहिलो कुरा त, म त्यति असल थिइनँ । मैले समर्पित आमा…प्रेमिलो पत्नी…बलियो ख्रीष्टियनको उत्तम संयोजन बन्ने प्रयास गरेकी छु…र नराम्ररी असफल भएको छु…तर यदि म ती सबै काम गर्न सक्षम भएकी भए तापनि, हामीमध्ये कसैलाई पनि त्यसो गर्नुपर्छ भन्ने कुरामा म विश्वस्त छैनँ…हामी अद्भूत हुनु पर्दैन…वा मातृत्व कस्तो हुनुपर्छ भन्नेबारे कुनै सनकीपूर्ण नियमहरू पालना गर्नुपर्दैन । अनुग्रहको अर्थसबैभन्दा महत्त्वपूर्ण व्यक्ति, अर्थात् असल, प्रेमिला, र अनुग्रहले पूर्ण हाम्रा परमेश्वरको लागि हामी पहिल्यै महत्त्वपूर्ण छौँं ¤ त्यसकारण हामी हाम्रा प्रतिष्ठाका पोशाकहरू फुकालौं, हाम्रा पवित्रता जनाउने आवरण हटाऔंँ, हाम्रा पदकहरू थन्क्याऔँ, अनि परमेश्वरले हामीलाई बनाउनुभएका कहिलेकहीँ कमिकमजोरी भएका, कहिलेकहीँ उत्कृष्ठ आमाहरू बन्नदिऔँ ।’ अर्थात्ः ‘आÇना क्षमताहरूको एक समझदार मूल्यांकन गर्ने प्रयास गर्नुहोस् ।’

आत्मिक भोजनः प्रस्थान २०:१७ २ राजा ५:१–२७ उपदेशक ५:१० लूका १२:१३–३१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...