‘सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ ।’ —हितोपदेश १३:१८
सोलोमनले भनेका छन्, ‘सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ ।’ आलोचनाको माध्यमद्वारा वृद्धि हुनका लागि चार्ली शेडले हामीलाई दस वटा तरिका बताएका छन्ः १) आलोचना प्रायः प्रशंसा हो । काममा निस्कने मानिसहरूलाई मात्रै काँडाले घोच्छ, सुतिबस्नेलाई होइन । येशूले भन्नुभयो, ‘धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्’ (लूका ६:२२) । २) तपाईंसँग आलोचनायोग्य गल्तीहरू छन् भन्ने कुरा स्वीकार गर्नुहोस् । विनम्र रहनुभयो भने आलोचनाले तपाईंलाई रिस उठाने छैन । ३) ‘धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ’ (हितोपदेश १२:६) । मित्रहरूबाट आलोचना लिनुहोस्, अनि जब तपाईंका शत्रुहरूबाट त्यस्तो आलोचना आउँछ, तपाईं त्यसलाई सम्हाल्न अभ्यस्त भइसक्नुभएको हुनेछ । ४) तपाईंलाई अझै असल बनाउन आलोचनालाई अनुमति दिनुहोस् । जब तपाईं क्रोधले जल्नुहुन्छ, तपाईंले आफ्नो सुधारको बाटो नष्ट गर्नुहुन्छ । ‘तिमीहरूले असल गरेर पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ’ (१ पत्रुस २:२०) । ५) कतिपय आलोचनाहरूलाई बेवास्ता गर्नु पर्छ, विशेषगरी यदि त्यो गलत उद्देश्यबाट उत्पन्न हुन्छ भने । सधैँ सबै कुरामा असन्तुष्ट रहने दुःखी मानिसहरूलाई आफ्नो खुशीको चाबी कहिल्यै नदिनुहोस् । ६) सन्तुलित दृष्टिकोण राख्नुहोस् । सबैले सुनेका छैनन् । अधिकांश मानिसहरूले वास्ता गर्दैनन् । एउटा खराब शब्दले तपाईंमा रहेको असल कुरालाई रद्द गर्दैन । ७) तपाईंलाई दयालु बनाउन आलोचनालाई अनुमति दिनुहोस् । आफूलाई सम्झना गराउनुहोस् कि तपाईंले पनि अरूको आलोचना गर्नुभएको छ । के यो तपाईंको आफ्नै ह्दयमा सुरु भएको कुनै कुराको प्रतिक्रिया हो ? ८) आफ्ना आलोचकहरूका लागि प्रार्थना गर्नुहोस् । यसले सुधार गर्नेछ र तपाईंको तीतोपनलाई हटाउनेछ । घृणाले तपाईंको स्वास्थ्यलाई नष्ट गर्छ र तपाईंको खुशी चोर्छ । ९) प्रधान समालोचकसँग जाँच गर्नुहोस् । अर्थात्, परमेश्वरले के भन्नुहुन्छ भनी विचार गर्नुहोस् । तपाईंको भित्री आत्मामा कस्ता कुराहरू छन् ? १०) तपाईं सही हुनुहुन्छ भन्ने जाँच गरिसकेपछि, अगाडि बढ्नुहोस् । यसकारण तपाईंले जे सुरु गर्नुभएको छ त्यसलाई शान्त भरोासामा पूरा गर्नुहोस्, किनकि परमेश्वरका प्रतिज्ञाहरू धैर्य गर्नेहरूका लागि हुन् (हिब्रू ६:१२ हेर्नुहोस्) ।
आत्मिक भोजनः प्रस्थान २०:४–६ व्यवस्था ७:१७–८:२ यशैया ४०:१८–३१ कलस्सी ३:५–१०
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



