आशालाई जीवित राख्नुहोस्

Feb 14, 2024

‘आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख ।’ —भजन १३१:३

दाऊदले भने, ‘आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख ¤’ जब तपाईं परिस्थिति आशाहीन छ भन्ने सोच्नुहुन्छ, तपाईंले परमेश्वरको निम्ति ढोका बन्द गर्नुहुन्छ । हामीमध्ये धेरैको लागि जबसम्म हामी स्वास्थ रहन्छौँ र भाडा तिर्ने रकम कहाँबाट आउँदैछ भन्ने कुरा थाहा पाउँछौँ, आशाले काम गर्दैन । यसकारण, पहिलोः तपाईंको सबैभन्दा बलियो इच्छा के हो भनी आफैँलाई सोध्नुहोस् । कल्पना गर्नुहोस् कि तपाईं असी वर्षको हुनुहुन्छ र पछाडि हेर्दैहुनुहुन्छ । के तपाईं सन्तुष्ट हुनुहुन्छ ? यदि होइन भने, आशालाग्दो जवाफ पाउन आफैँलाई चुनौती दिनुहोस् । आशा व्यक्तिगत हुनुपर्छ, तपाईंले पाउनुपर्छ भनी सोच्नुहुने प्रकारको कुरा मात्रै होइन । तपाईंले गर्नुहुने सबै कुरालाई शासन गर्नसक्ने गरी यो उत्कट जोशिलो हुनुपर्छ । दोस्रोः यसलाई एउटा प्रतीक दिनुहोस्– त्यस्तो कुनै थोक जसको वरिपरि तपाईंले आफ्नो विचार केन्द्रिकृत गर्न सक्नुहुन्छ । यर्मियाले अनातोतमा जमिन किनेर परमेश्वरका मानिसहरूलाई आशाको पाठ सिकाए (यर्मिया ३२:९ हेर्नुहोस्) । तिनीहरूलाई कैदमा लगिनेछ भन्ने उनलाई थाहा थियो अनि ती लामा वर्षहरूमा, यहूदाको टाढाको जमिनको सम्झनाले भविष्यको पुनस्र्थापनाको प्रतीकको रूपमा काम ग¥यो । दोस्रो विश्वयुद्धको क्रममा जब लियो अल्जिमास नामक मानिस र उनको परिवारलाई बन्दी शिविरमा राखिएको थियो, तिनीहरूले आशाको प्रतीकको रूपमा चकलेटको बक्सबाट एउटा सानो कागजको टुक्रालाई लिए जसमा अमेरिकी झण्डा अंकित थियो । तिनीहरूले त्यसलाई एक जनाको हातबाट अर्काको हातमा दिन्थे, त्यसलाई हेर्थे, त्यसलाई समात्थे, अनि तिनीहरूलाई छुटाउन आउँदै गरेको मुक्ति सेनाको बारेमा खुसुक्क बताउँथे । प्रतीकहरूले हामीलाई जे सम्भव छ त्यसमा हाम्रो मन स्थिर मदत गर्छन् । वास्तवमा, संसारले थाहा पाएको सबैभन्दा ठूलो प्रतीकमा विश्वास गर्न कठिन थियो । डुँडमा सुताइएका बालकले पृथ्वीमा परमेश्वरको राज्यको संकेत दिनुभयो अनि मानवजातिको नियति परिवर्तन गरिदिनुभयो । अनि उहाँले तपाईंको पनि नियति परिवर्तन गर्न सक्नुहुन्छ । यसकारण तपाईंले के आशा गर्नुहुन्छ निश्चित गर्नुहोस्, उहाँको नाममा माग्नुहोस्, अनि त्यो जतिसुकै असम्भव जस्तो देखिए तापनि, त्यो पूरा हुने अपेक्षा गर्नुहोस् ।

आत्मिक भोजनः एफिसी ५:२१–३३, श्रेष्ठगीत २:१–७ , भजन ४५, हितोपदेश ५:१५–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...