आश्चर्यकर्मका तत्वहरू

Aug 13, 2024

गालीलको काना नगरमा एउटा विवाह थियो ।’ —यूहन्ना २:१

येशूले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको कथाबारे विचार गरौं । यो उहाँको पहिलो आश्चर्यकर्म थियो, र यसले हाम्रो जीवनमा उहाँले कसरी काम गर्नुहुन्छ भन्ने कुरा प्रकट गर्दछ । (१) येशूलाई निम्तो दिनुहोस् । ‘तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो…येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए’ (पद १–२) । समस्या उत्पन्न हुँदा, यो जोडीले येशूलाई बोलाउन पठाउनु परेन किनभने उहाँ पहिले नै त्यहाँ हुनुहुन्थ्यो । तिनीहरूले उहाँलाई चिनेका मात्र होइनन्, तिनीहरूले उहाँलाई आफ्नो योजनामा पनि समावेश गरे । तिनीहरूले उहाँको आदर गरे । पावलको ह्दयको पुकार ‘म उहाँलाई चिन्न सकूँ’ (फिलिप्पी ३:१०) भन्ने थियो । किन ? किनकि जब तपाईं प्रभुलाई चिन्नुहुन्छ, तपाईं उहाँलाई साहससाथ पुकारा गर्न सक्नुहुन्छ र तपाईंलाई उहाँको आवश्यकता पर्दा उहाँ तपाईंको साथमा हुनुहुनेछ भनी विश्वस्त हुन सक्नुहुन्छ । सायद यी दम्पतीले यो कार्यक्रमको लागि तयारी गर्न लामो समय पाएका हुन सक्थे, तापनि येशूले राम्ररी योजना नगरेको लागि तिनीहरूको आलोचना गर्नुभएन । उहाँले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूको आवश्यकता पूरा गर्नुभयो । अनि उहाँले तपाईंको लागि पनि त्यसै गर्नुहुनेछ; तपाईंले गर्नुपर्ने काम भनेको उहाँलाई निमन्त्रणा गर्नु मात्रै हो । (२) तपाईंले नबुझ्नुहुँदा पनि उहाँले तपाईंलाई जे भन्नुहुन्छ त्यही गर्नुहोस् । विश्वासलाई व्याख्याको आवश्यकता पर्दैन । यसको लागि सरल आज्ञाकारिता र परमेश्वरको भलाइमा भरोसा चाहिन्छ । ‘परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ । आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ’ (भजन ३७:४–५) । (३) परमेश्वरले उत्तम कुरालाई अन्तिम समयको लागि बचाइराख्न सक्नुहुन्छ भन्ने कुरा बुझ्नुहोस् । ‘तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोडेछौ ¤’ (यूहन्ना २:१०) । धेरै ढिलो भएको छैन । जुन कुरा तपाईंलाई दुःखद जस्तो देखिन्छ त्यो तपाईंको जीवनमा परमेश्वरको भलाइ र विश्वासयोग्यताको गवाही बन्न सक्छ ।यसकारण, आश्चर्यकर्मको लागि येशूको उपस्थिति खोज्नु अनि परमेश्वरमा भरोसासाथ आज्ञापालन गर्नु जरुरी छ ।

आत्मिक भोजनः १ इतिहास १२:२३–१५:२९ लूका १२:३५–४८ भजन ११९:३३–४० हितोपदेश २०:२८–३०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...