‘आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । वास्तवमा त्यो साह्र राम्रो थियो ।’ —उत्पत्ति १:३१
धर्मशास्त्रमा अभिलेख गरिएको पहिलो प्रतिक्रिया भनेको उहाँको आफ्नै सृष्टिप्रति परमेश्वरको प्रतिक्रिया हो । उहाँले प्रत्येक दिनको अन्त्यमा आफूले बनाएका कुरालाई हेर्नुभयो र भन्नुभयो, ‘यो असल छ ।’ त्यसपछि छैटौँ दिन जब सृष्टि पूरा भयो, उहाँले भन्नुभयो, ‘यो धेरै राम्रो छ ।’ यसैले हामी समुद्रमा सूर्यास्त वा पहाडको अग्लो शिखर हेर्दा धेरै आत्मिक महसुस गर्छौं । ब्रिटिश लेखक टमस कार्लाइलले भनेका छन्, ‘आराधना भनेको अलौकिक आश्चर्य हो । आश्चर्य जसको लागि कुनै सीमा वा मापन छैन, त्यो आराधना हो ।’ यो भनेको सृष्टिकर्ता र उहाँको सृष्टिको आश्चर्यमा उभिनु हो । यसले सृष्टिको सुन्दरतालाई सृष्टिकर्ताको आराधनामा अनुवाद गर्नु हो । यो भव्य सूर्योदय र चम्किला ताराहरू र अद्वितीय हिमपातहरूको लागि परमेश्वरलाई धन्यवाद दिनु हो । यो भनेको जसलाई जश दिनुपर्ने हो उहाँलाई जश दिनु हो– सृष्टिकर्तालाई । भजनकारले यसलाई शब्दमा यसरी उतारेका छन्ः ‘आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ’ (भजन १९:१) । युटु नामक एक संगीत समूहले यसलाई उनीहरूको प्रसिद्ध गीत ‘सुन्दर दिन’ का शब्दहरूमा व्यक्त गरेको छ । यस्तो आश्चर्य पनि आराधनाको काम हो । एक जना पास्टरले यस्तो लेखेका छन्ः ‘सूर्योदय यति निश्चित छ कि हामी यसलाई सामान्य रूपमा लिन्छौँ र हरेक दिन सूर्योदय हुनेछ भनी ढुक्क हुन्छौँ, तर थोरै मात्र कुराहरू आकाशमा दिनहुँ हुने नृत्य जत्तिकै उदेकका हुन्छन् । पृथ्वी आफ्नो अक्षमा १००० माइल प्रतिघण्टाको गतिमा घुम्छ । अनि योे आफ्नो अक्षमा हरेक चौबीस घण्टामा ३६० डिग्री घुम्दैगर्दा, यो ६७,००० माइल प्रतिघण्टाको अकल्पनीय गतिमा अन्तरिक्षमा दौडिरहेको हुन्छ । तपाईंसँग आजको लागि कुनै ठूलो योजना नहुन सक्छ तर तपाईंले सूर्यको वरिपरि आफ्नो वार्षिक यात्रामा १६ लाख माइल यात्रा गर्नुहुनेछ । त्यो निकै ठूलो कुरा हो ¤’ त्यसकारण आश्चर्यचकित बन्न र परमेश्वरको आराधना गर्न समय निकाल्नुहोस् ।
आत्मिक भोजनः प्रेरित १८–१९ मर्कूस ४:३५–४१ भजन ७:१०–१७ हितोपदेश ११:७–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


