‘ख्रीष्टले प्रत्येक भागलाई ठिक–ठिक काम गरी सुगठित बनाउनुहुन्छ ।’ —एफिसी ४:१६
तपाईंले सायद सुन्नुभएको छ कि जबसम्म तपाईं मुख्य व्यक्ति बन्नुहुन्न, परिदृश्य विरलै परिवर्तन हुन्छ । तथापि समस्या के हो भने, सबैजना मुख्य व्यक्ति बन्न सक्दैनन् । अनि अर्कोतर्फ, कामबिनाको अभिनेता भन्दा काम गर्न पाउने कलाकार बन्नु बेस हो† कम्तिमा तपाईं खेलमा सामेल हुन त पाउनुहुन्छ ¤ यसबाहेक, महान् उपलब्धि हासिल गर्ने व्यक्तिहरू इमान्दार छन् भने उनीहरू एक्लैले त्यसो गर्न सक्नेथिएनन् भन्ने कुरा तपाईंलाई बताउनेछन्† उनीहरूलाई टोलीका प्रत्येक सदस्यको योगदान आवश्यक परेको थियो । त्यसकारण यदि आज परमेश्वरले तपाईंलाई सहयोगी भूमिकामा राख्नुभएको छ भने, कुनै गुनासो नगरी त्यसलाई स्वीकार गर्नुहोस् । सम्पूर्ण कामलाई बलियो बनाउन आÇनो भागको जिम्मेवारी पूरा गर्नुहोस् । तपाईंले सामूहिक भावनाको बारेमा सबै कुरा सिक्नुहुनेमात्रै होइन जुन जब तपाईंले नेतृत्व गर्नुहुनेछ त्यसको लागि महत्वपूर्ण छ, तर तपाईंले ख्रीष्टको झै नम्रताको गुण पनि सिक्नुहुनेछ । बाइबलले बताउँछ कि तपाईं ‘हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मैहबढ्दैजानुहुनेछं, जो शिर हुनुहुन्छ । उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक–ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ’ (पद. १५–१६) । त्यसैकारण, आÇनो जिम्मेवारीमा सम्पूर्ण तनमन लगाउनुहोस् । रोकिनुहोस् र सोच्नुहोस्, तपाईंले आÇनो जीवन कसरी बिताइरहनुभएको छ । के तपाईंले यसमा आफूले सक्दो योगदान गरिरहनुभएको छ वा अरू कसैले तपाईंको प्रतिभालाई पहिचान गर्नेछ भन्ने आशा गर्दै पूर्ण रूपमा योगदान गर्नबाट रोकिरहनुभएको छ ? मुख्य कुरा तपाईंलाई दिइएको जिम्मेवारी कति ठूलो छ भन्ने कुरा होइन तर तपाईंले यसमा कति प्रयास गर्नुभयो भन्ने कुरा हो । यदि परमेश्वरले तपाईंलाई मुख्य व्यक्तिको सट्टा सहयोगीको भूमिकामा राख्नुभएको छ भने, त्यसको कारणचाहिँ उहाँले बुझ्नुहुन्छ कि त्यो टोलीलाई तपाईंको विशेष शक्ति र प्रतिभा आवश्यक छ । उहाँले तपाईंलाई दिनुभएको भूमिका स्वीकार गर्न मदत गर्नुहुन उहाँसँग बिन्ती गर्नुहोस्– चाहे त्यो जेसुकै होस्– त्यसपछि कृतज्ञता र मर्यादासाथ त्यो भूमिका पूरा गर्न सिक्नुहोस् । मुख्य कुरा यही हो, तपाईं आज जहाँ हुनुभए तापनि, योगदान गर्न पछि नहट्नुहोस् ।
आत्मिक भोजनः २ राजा ४:१८–६:३३ मत्ती २२:३४–४६ भजन ११२ हितोपदेश ७:६–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



