‘तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले ।’ —१ यूहन्ना ५:१३
कति धेरै मानिसहरूले आÇनो मुक्तिको बारेमा शंका पाल्छन् भन्नेबारे तपाईं छक्क पर्नुहुनेछ । यसकारण परमेश्वरको वचन खोलौँ र सदाको लागि यो मुद्दा टुंग्याउँ । ‘परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ…तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वानस गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु’। (पद ११–१३) । के तपाईं आÇनो मुक्तिको लागि तपाईंको आÇनै असल कर्ममा विश्वास गर्नुको सट्टा ख्रीष्टमा भरोसा गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईं बचाइनुभएको छ ¤ येशूले भन्नुभयो, ‘जसले ममाथि विश्वास गर्छ, त्यससँग अनन्त जीवन छ’ (यूहन्ना ६:४७) । जब तपाईं आÇनो बाइबलको सट्टा आÇना भवनाहरूका आधारमा चल्नुहुन्छ, सधैँ शंका उत्पन्न हुन्छन् । तपाईंका भावनाहरू मौसमजस्तै छन्, तिनीहरू निरन्तर बदलिरहन्छन् । शैतानले तपाईंलाई यसो पनि बताउन खोज्नेछ कि अरू मानिसहरूका लागि त उद्धार ठिकै छ, तर तपाईंको लागिचाहिँ छैन । शैतान झुटो हो भनी बाइबलले बताउँछ (यूहन्ना ८:४४) । पावल लेख्छन्, ‘मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेकको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ’ (यूहन्ना ६:४७) । उहिले उहिले विश्वासका मानिसहरूले यसो भन्नेगर्थे, ‘उहाँको उद्धार गर्ने र रक्षा गर्ने सामथ्र्यको निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु ।’ तपाईंले आÇनो उद्धारलाई बचाइरख्नुभएको छैन, तपाईंका उद्धारकर्ताले तपाईंलाई बचाइराख्नुभएको छ ¤ यसकारण जब तपाईंको विश्वास ढलपलाउँछ, रोकिनुहोस् र यस्तो प्रार्थना गर्नुहोस्ः ‘प्रभु येशू, मैले मेरो भरोसा तपाईंमा राखेको छु । तपाईंको वचनले भन्दछ कि मैले मसँग अनन्त जीवन छ भन्ने कुरा मैले जान्न सक्छु । यो मैले पर्याप्त रूपमा असल महसुस गर्ने वा योग्य कुरा होइन, तर तपाईं योग्य हुनुहुन्छ भनी विश्वास गर्ने कुरा हो । यसकारण म तपाईंमा मेरो भरोसा राख्छु, तपाईंको वचनमा मा विश्वास गर्ने छनोट गर्छु, अनि मेरा शंकाहरूलाई इन्कार गर्छु ।’
आत्मिक भोजनः १ राजा २१–२२ मत्ती २०:१–१६ भजन ६६:१३–२० हितोपदेश ६:२३–२५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



