ईश्वरीय हजुरबाआमाको प्रभाव

Oct 11, 2024

‘एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ ।’ —भजन १४५:४

प्mयान्नीले ६ हप्ताको उमेरमा एक जना नक्कली डाक्टको कारण आफ्नो दृष्टि गुमाइन् । तर तिनकी हजुरआमा युनिसले प्mयानीले कहिल्यै अशक्त वा वञ्चित भएको महसुस गर्न पाउनेछैनन् भन्ने संकल्प गरिन् । युनिसले प्mयानीलाई सबै प्रकारका कुराहरूमा तालिम दिन, तिनलाई बाइबल सिकाउने, प्रकृतिको अन्वेषणमा सहयोग गर्ने, र स्मरणशक्तिका अविश्वसनीय शक्तिहरू विकास गर्न सक्षम बनाउन वर्षौं समर्पित गरिन् । प्mयानीले बाइबलका धेरै खण्डहरू कण्ठ गरिन् । धर्मशास्त्रको त्यो खजानाबाट, तिनले पछि गएर आज हामीले आज गाउने सबैभन्दा लोकप्रिय भजनहरूमध्ये कतिपय सृजना गरिन् । ‘ब्लेसेड अस्योरेन्स’ अर्थात् ‘येशू हुन् मेरो कस्तो विलास,’ ‘परमेश्वरको महिमा होस्’ ‘मेरो मुक्तिदाताले मलाई अगुवाइ गर्नुहुन्छ’ र ‘उहाँले मेरो आत्मालाई सुरक्षित राख्नुहुन्छ’ लगायतका भजनहरू । बाइबलमा, तिमोथीकी लोइस नाउँकी हजुरआमा थिइन्, जसको प्रार्थना र उदाहरणले उनलाई प्रेरित पावलको उत्तराधिकारी बन्न मदत गर्या। पावलले लेखेका छन्, ‘मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ । त्यो विश्वास, जो पहिले तिम्री बज्यै लोइसमा थियो’ (२ तिमोथी १:५) । हजुरबा वा हजुरआमाको रूपमा तपाईंको प्रभावलाई कहिल्यै कम नआँक्न्नुहोस् । जब तपाईं आफू:लाई आफ्नानातिनातिनाहरूको जीवनमा खन्याउनुहुन्छ, तपाईंले प्रभुका सेवकहरू निर्माण गर्दै हुनुहुन्छ । यदि तपाईं हजुरबा हजुरआमा हुनुहुन्छ भने, धर्मशास्त्रको यो प्रतिज्ञा दाबी गर्नुहोस्ः ‘एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन् ।’ सायद तपाईंका छोराछोरीहरूले तपाईंलाई निराश बनाएका छन् र तपाईंका नातिनातिनाहरूलाई प्रभुको मार्गमा हुर्काउन असफल भएका छन् । निराश नहुनुहोस्, र हार नमान्नुहोस् । ‘पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले खोजेँ’ (इजकिएल २२:३०) । तपाईंका प्रार्थनाहरू तपाईंका छोराछोरी र नातिनातिनाहरू दुवैको जीवनमा परमेश्वरका निमन्त्रणा र प्रवेश बिन्दु हुन् । त्यसकारण, आज ‘धाँदोमा उभिनुहोस्’ र आफ्नो परिवारको उद्धारको लागि परमेश्वरमा विश्वास गर्नुहोस् ।

आत्मिक भोजनः प्रस्थान १९–२१ यूहन्ना २:१२–२५ भजन ११० हितोपदेश २६:१३–१६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...